वार्ता सकारात्मक भएकाे प्रजिअ उप्रेतीकाे भनाइ
इनरुवा। हरिनगर गाउँपालिका २ भुटाहामा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीलाई बिहीबार अपरिचित समूहको गोलीलागि मृत्यु भएपछि भुटाहा बजार दिन भर तनावग्रस्त नै रहयो।
मृतकको शव आफन्तलाइ बुझाउन र स्थानियलाई शान्ति सुरक्षाकाे प्रत्याभूति दिन बेलुका बसेको सर्वपक्षिय भेलामा गृहमन्त्री अाउनुपर्ने स्थानीयकाे अडानका कारण सहमती भने बनेन। शव सहित स्थानीय सडकमै रहेको र मागबारे बेवास्ता गरिए...












