इनरुवा/सुनसरीको हरिनगर गाउँपालिका २ मा अपरिचित समूहको गोली प्रहारबाट स्थानीय मौलाना खुर्शिद अन्सारीको ज्यान गएको छ ।
भुटाहा बजारबाट विद्यालय तर्फ जाँदै गरेका खुर्शिदलाई सादा नम्बर प्लेट नभएको मोटरसाइकलमा सवार व्यक्तिले गोली हानेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।


२ वटा मोटरसाइकलमा रहेका चार जना अपरिचित समूह मध्येबाट खुर्शिदमाथि गोली भएको स्थानीयको दाबी छ । मोटरसाइकलमा पछाडी सवार मास्क लगाएका व्यक्तिले खुर्शिदमाथि गोली प्रहार गरेको बताइएको छ । गोली लागेका खुर्शिदको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार मृतकको टाउको र छातीमा गोली प्रहार गरिएको छ । गोली हानी भागेको समूहलाई स्थानीयले छेक्ने प्रयार गरेपनि भाग्न सफल भएको बताइएको छ । यसैबिच भाग्ने क्रममा अपरिचित समूहको गोली लागि प्रहरी जवान शिवलाल पौडेल घाइते भएका छन् । भारततर्फ भाग्दै गर्दा घुस्कीमा प्रहरीले उनिहरुलाई समात्ने प्रयास गरेको थियो ।

पौडेलको दाहिने तिघ्रा तथा कम्मर मुनिको भागमा गोली लागेको सुनसरी प्रहरीले जनाएको छ । उनको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।मौलाना हत्याको विरोधमा भुटाहा बजार क्षेत्रमा टायर बालि प्रर्दशन हुन थालेपछि बाक्लो सुरक्षाकर्मी तैनाथ गरिएको छ । घटना निरीक्षण तथा अनुसन्धानकालागि सुनसरीका प्रहरी प्रमुख सहितको टोली घटनास्थलमा पुगेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia