सुनसरीको धरान उपमहानगरपालिका-१० बाट नवजात शिशुलाई जन्म दिई फालेको आरोपमा १ महिला पक्राउ परेकी छन् । धरान-१० स्थित लक्ष्मी माया लमिनाको घरको शौचालयको च्यापमा नवजात शिसु मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले साल नाल सहितको नवजात शिसु (पुरुष) मृत अबस्थामा फेला पारेको थियो ।
उक्त शव पोष्टमार्टमको लागी बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाई थप अनुसन्धान गर्ने क्रममा सोही घरमा डेरा गरी बस्ने ईनरुवा डुम्राहा घर भएकी बर्ष १९ की अस्मिता चौधरीले जन्म दिई फालेको भन्ने खुल्न आएपछी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।








