वर्तमान सरकार चुनाव गराउन बनेकै हैन् : ओली

वर्तमान सरकार चुनाव गराउन बनेकै हैन् : ओली
  अमर काफ्ले माघ २२ इनरुवा/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चुनावबाट भाग्न खोजेको आरोप लगाउनु भएको छ ।चुनाव पछि एमाले मूलुकको ठुलो शक्ति हुने डरले माओवादी र काँग्रेस चुनावबाट पन्छिन मिति घोषणाकालागि आलटाल गर्न लागिपरेको वहाँको भनाई थियो ।सुनसरीको इनरुवामा आयोजित जनसभालाई सम्बोधन गर्दै पूर्व प्रधानमंत्री समेत रहेका ओलीले राजनैतिक संकट समाधानकालागि निर्वाचन अपरिहार्य भएको बताउन...

केपी ओलीको सभालाई मध्यनजर गर्दै इनरुवाको सुरक्षा व्यवस्था कडा

केपी ओलीको सभालाई मध्यनजर गर्दै इनरुवाको सुरक्षा व्यवस्था कडा
  इनरुवा माघ २२/ नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमंत्री केपी शर्मा ओलीले सुनसरी सदरमुकाम इनरुवामा आयोजित सभालाई सम्बोधन गर्ने भएपछि आज विहानैबाट सो क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको छ । इनरुवाको खेल मैदानमा नेकपा एमाले सुनसरीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली इनरुवा आईपुग्नु भएको छ ।मधेश केन्द्रित दलहरुको सम्भावित विरोधलाई मध्यनजर गर्दै सभा स्थलका साथै बजार तथा चोकमा नेपाल ...

दुहवी पुराणमा ५१ लाख बढी संकलन

दुहवी पुराणमा ५१ लाख बढी संकलन
दुहवी माघ २१/सुनसरीको दुहवीमा आयोजित श्रीमद् भागवत महापुराणमा ५१ लाख बढी रकम संकलन भएको छ ।माघ १४ गतेबाट संचालित श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ एवं धान्याचल महोत्सव २०७३ मा नगद ५१ लाख बढी रकम संकलन भएको हो । बुढी गंगा विश्रान्ति आर्यघाट निर्माण सहयोगार्थ आयोजित भागवतमा दाताहरुबाट ५१ लाख बढी नगद संकलन भएको आर्थिक संयोजक दिपेन्द्र खतिवडाले जानकारी दिनुभयो ।स्थानीय समाजसेवी भगवति चौधरीको प...

कश्यप विधा पिठमा अक्षरारम्भ गराइदै (फोटो फिचर)

कश्यप विधा पिठमा अक्षरारम्भ गराइदै (फोटो फिचर)
२० माघ, इनरुवा। सरस्वति पुजाको अवसरमा इनरुवा ६ स्थित कश्यप विधा पिठमा साना साना नानीहरु पुजा आजा गर्दै तथा अभिभावहरुबाट आ-आफ्ना नानीहरुलाइ अक्षरारम्भ गराइदै।    

फोरम नेपालको एकता जिल्ला अधिवेशन

फोरम नेपालको एकता जिल्ला अधिवेशन
  इनरुवा माघ २०/संघीय समाजवादी फोरम नेपाल सुनसरीको प्रथम एकता जिल्ला अधिवेशन सुनसरीको इनरुवामा सुरु भएको छ । अधिवेशनको समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज उद्घाटन गर्नु भएको हो ।उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले एमालेका शिर्षस्थ नेताहरुको हठका कारण मुलुक दलदलमा फँस्दै गएको धारणा राखेका थिए । एमालेले तराई मधेशका केही क्षेत्रमा सभा गर्दैमा सिङ्गो मधेश एमालेमय बन्दै गएको बताउनु हास्य...

राप्रपा नगर अधिवेशनबाट पारसमणि यादव अध्यक्ष पदमा

राप्रपा नगर अधिवेशनबाट पारसमणि यादव अध्यक्ष पदमा
२० माघ, इनरुवा । बुधवार भएको राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अधिवेशनबाट नगर अध्यक्ष पदमा पारसमणि यादव चुनिएका छन्। इनरुवा ७ निवासि यादव बिगत केहि बर्ष देखि स्थानिय बजारमा यमहा शो रुम सञ्चालन गर्दै आएका हुन। केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख सुरेश आचार्य, केन्द्रीय सदस्य प्रेमप्रसाद भट्टराई, केन्द्रीय सदस्य हसबुल मियाँ, जिल्ला अध्यक्ष रोहितबहादुर कार्की, युवक संगठनका केन्द्रीय सदस्य आकाश शुब...

सुनसरीमा ३७ दल दर्ता, कुन कुन दल भए दर्ता नामावली सहित

सुनसरीमा ३७ दल दर्ता, कुन कुन दल भए दर्ता नामावली सहित
अमर काफ्ले माघ १९ सुनसरी /सरकारले चुनावको मिति घोषणाको तयारी गरिरहँदा यथास्थितीमा चुनाव हुनै नसक्ने बताउँदै आएका मधेश केन्द्रित पार्टी सुनसरीमा भने दल दर्ताको क्रममा अग्रणी देखिएका छन् ।जिल्ला निर्वाचन कार्यालय सुनसरीमा सूचिकृत दलको सूचिमा सबैभन्दा अगाडी मधेश केन्द्रित दलले विवरण दर्ता गराएका छन् ।आयोगले उपलब्ध गराएको समयसीमा भित्र जिल्ला निर्वाचन कार्यालय सुनसरीमा ३७ वटा दल दर्ता भएका छन् । ...

सुनसरीका सबै गाविस ठप्प- सचिवले जिम्मा लाए कार्यालयको छाप

सुनसरीका सबै गाविस ठप्प- सचिवले जिम्मा लाए कार्यालयको छाप
अमर काफ्ले माघ १९ सुनसरी /सुरक्षाको कारण जनाउँदै सुनसरीका गाविस सचिवहरु आन्दोलनमा उत्रिएका छन् । कार्यालयमा बसेर काम गर्ने वातावरण नरहेको भन्दै सुनसरीका ३९ वटै गाउँ बिकास समितिका सचिवहरुले जिल्ला बिकास समिति सुनसरीमा सामूहिक रुपमा कार्यालयको छाप बुझाएका हुन् । गत १३ गते जिल्लाको तनमुना गाविसका सचिवमाथि भएको दुव्यवहारको घटनामा संलग्न दोषी उपर कारवाहीको माग गर्दै आन्दोलनरत गाविस सचिव हकहित केन्द...

लागु औषध तस्कर र प्रहरीविच दोहोर फाइरिङ – प्रहरीले ११ राउण्ड गोली चलायो

लागु औषध तस्कर र प्रहरीविच दोहोर फाइरिङ – प्रहरीले ११ राउण्ड गोली चलायो
अमर काफ्ले सुनसरी /सुनसरीको खनार चौक नजिकै इटहरी १४ स्थित सुनसरी मोरङ सिचाई आयोजनाको मुल नहरमा प्रहरी र लागु औषधका तस्करबीच आज दिउँसो दोहोरो गोली हानाहान भएको छ । सूचनाका आधारमा लागुऔषध तस्कर समूहलाई पछ्याउने क्रममा दोहोरो फाइरिङ भएको सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेलले बताउनुभयो । एसपी पोखरेलका अनुसार अपराधी समूहले सादा पोषाकमा रहेका प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफमा प्रहरीले ११ राउण...

UPDATE : एक्म्बामा गोली चल्यो : तिन घाईते, एकको अवस्था गम्भिर (तस्बिर सहित)

UPDATE : एक्म्बामा गोली चल्यो : तिन घाईते, एकको अवस्था गम्भिर (तस्बिर सहित)
१७ माघ, इनरुवा। सुनसरीको एक्म्बामा प्रहरी र हतियारधारी समुहबीच गोली हानाहान भएको छ । प्रहरीले घटनास्थलबाट दुई थान पेस्तोल, तीन राउण्ड गोली र लागू औधष समेत बरामद गरेको छ । आज दिउसो २ बजेतिर मोटरसाइकलमा सवार प्रहरीलाई लक्षित गरी गोली प्रहार भए पछि जवाफी कारवाहीमा तीन जना घाइते भएको हो । घाइतेहरुको उपचार धरान स्थित बि. पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भै रहेको जानकारी प्राप्त भएको छ ...
trusted online casino malaysia