मेलमिलापमा सरोकारवालाहरुको जोड
इनरुवा बैशाख २४/ स्थानीय समूदाय जागरुक भएर मेलमिलाप गराउन सके न्यायलयलाई सवलीकरण गराउन सकिने सरोकारवालाहरुले जोड दिएका छन् ।
सुनसरीको इनरुवामा आज आयोजित समूदायको विवाद समूदायमै समाधान जरुरी विषयक कार्यक्रमका सहभागिहरुले स्थानीय समूदाय जागरुक हुन सके न्याय सम्पादन छिटो र छरितो हुने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै जिल्ला अदालत सुनसरीका न्यायाधिस रमेशराज पोखरेलले स्थानीय समूदायमै मेलमिलाप गराउन स...












