इनरुवाका रोहित दर्नाल सहित दुईजना चेलीबेटी बेचविखनको आरोपमा पक्राउ
इनरुवा चैत्र १ /इनरुवा-२ का रोहित दर्नाल चेलीबेटी बेचविखनको घटनामा संलग्नताको आरोपमा विराटनगरबाट पक्राउ परेका छन् ।
दर्नाल सहित उनकी सहकर्मी इनरुवाकै एक महिलालाई समेत मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।
रेलको टिकट काटी ६ जना नेपाली चेलीलाई भारत पठाउने कार्यमा संलग्न रहेको पाइएपछि दर्नाल सहित महिलालाई पक्राउ गरी अनुसन्धान थालिएको मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए ।
जोगबनीको ब...











