तराई मधेशमा जितिया पर्व मनाइँदै, जितियाको निर्जल व्रत सोमबार
तराई मधेशमा मनाइने जितिया पर्व आईतबारबाट सुरु भएको छ । निकै कडा र कठोर मानिने जितियाको व्रत तराई मधेशको विभिन्न समुदायले मान्दछन् । थारु र मधेशी समुदायले जितिया पर्व विशेष उल्लास र विधिविधानका साथ मनाउँछन् ।
सन्तानको दिर्घायुका लागि जितियामा अमाहरुले निर्जल व्रत बस्दछन् । यस व्रतलाई निकै कडा र कठोर मानिन्छ । आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन जितियाको व्रत बस्ने गरिन्छ । यस वर्ष जितियाको...



