सुनसरीको भोक्राहामा ३ हजार क्षमताको होल्डिङ एरिया संचालनमा
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा बन्द अवस्थामा रहेको सिम्याक्स फुड उद्योगलाई प्रशासनले होल्डिङ एरियाका रुपमा संचालनमा ल्याउने निर्णय गरेको छ ।देश बाहिरबाट जिल्ला भित्रिनेहरुको तत्काल बसोबासको बन्दोवस्ती मिलाउन सिम्याक्स फुड उद्योगको संरचना प्रयोगमा ल्याउने निर्णय गरिएको सुनसरी प्रशासनले जनाएको छ ।सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार भारत लगायत विभिन्न मुलुकबाट जिल्ला भित्रने सक...












