लौकही। सुनसरीको कोशी गाउँपालिकामा रहेको क्वारेन्टाइनमा बसेका २० जना आज घर फर्केका छन। कोशी गाउँपालिका ५ स्थित रहेको मदरसा दारुल होदा अल सल्फियाको क्वारेन्टाइनमा बसेकाहरुलाई आज बिदाई गरिएको हो। कोरोना भाइरसको जोखिमलाई न्युनिकरण गर्न कोशी गाउँपालिका वडा नं. ५ मा रहेको क्वारेन्टाइनमा बसेका २० जनालाई कोशी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष साहजमालले विदाई गरेका हुन।

क्वारेन्टाइनमा बसेका २० जना दुई हप्ताको बसाई पछि घर फर्किएका हुन्। क्वारेन्टाइनमा बस्नेहरुको खानपान देखि लिएर सम्पुर्ण व्यवस्थापनको प्रबन्ध मिलाईएको वडाध्यक्ष साहजमालले इनरुवा अनलाईनलाई जानकारी दिए। वडाध्यक्ष साहजमालका अनुसार क्वारेन्टाइनमा बसेका २० जना १४ दिनसम्म नियमपूर्वक बसी वडालाई सहयोग गरेकाले वहाहरुलाई सम्मानका साथ एक कार्यक्रमका बिच बिदाइ गरिएको हो । क्वारेन्टाइनमा बसेका मध्ये २० जनाको पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो। अन्य २७ जनाको पिसीआर परीक्षणको रिपोर्ट आउन बाकि रहेको वडाध्यक्ष साहजमालले बताएका हुन्। कोशी गाउँपालिका वडा नं. ५ को क्वारेन्टाइनमा कुल ४७ जनाको बसाई रहेको थियो। जस मध्ये २० जना आजै घर फर्केका हुन भने बाकी २७ जना अझै क्वारेन्टाइनमै बसेका छन।









तपाईको प्रतिक्रिया

trusted online casino malaysia