अन्धविश्वास र लापरबाही : सर्पदंशबाट मृत्युको कारण
झापा । झापाको हल्दिबारी–२ पाराखोपीका ३२ वर्षीय शम्भु राजवंशीले असार १० गते घरको ढोकामा विषालु गोमन सर्प हिँडिरहेको देखे । तत्कालै उनले सर्पलाई टाउकामा समाए र घाँटीमा बेरे । मदिरा लागेको बेसुरमा लापरबाही गर्दा परिणाम उल्टो निस्कियो, उनको दुवै हातमा सर्पले डस्यो । सख्त घाइते अवस्थामा उपचारका लागि चारआलीको सर्पदंश उपचार केन्द्र लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहर...











