खोटाङको हलेसी तुवाचुङमा स्वास्थ्य चौकी भवन निर्माण अलपत्र : सेवा प्रवाहमा समस्या
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको स्वास्थ्य चौकी भवन निर्माणमा ठेकेदार कम्पनीको लापरबाही देखिएको छ । गौरी–पार्वती न्यू टेक्निकल जेभी ललितपुरले निर्माणको जिम्मा लिएको स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीका कारण अहिले अलपत्र अवस्थामा छ । ठेकेदार कम्पनीले विसं २०७८ फागुन–२७ गतेसम्ममा स्वास्थ्य चौकी भवन निर्माणको काम सम्पन्न गर्नेगरी २०७७ मंसिर–११ गते सम्झौता गरेको थियो । दुई पटक...












