विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाको आगामी बजेट अधिवेशन जेठ १४ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने भएको छ ।कोशी प्रदेश सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।‘प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको छ,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले भने, ‘मन्त्रिपरीषद्को उक्त निर्णयबारे मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार नै प्रदेश प्रमुख प्रशुराम खापुङलाई जानकारी गराउनु भएको छ ।’यस्तै बैठकले प्रदेश निजामति सेवा ऐन (पहिलो संसोधन) अध्यादेश २०८० लाई प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ । यस्तै स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०८० लाई पनि प्रदेशसभामा पेश गर्ने निर्णय गरेको विष्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia