वैशाख १ गतेदेखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध

वैशाख १ गतेदेखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध
विराटनगर ।विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँ वर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ ।गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए ।ध्वनि प्रदूषण नियन्त्रण ग...

इनरुवामा आयुर्वेद अस्पतालको जग्गा सहित पहल गर्न माग

इनरुवामा आयुर्वेद अस्पतालको जग्गा सहित पहल गर्न माग
इनरुवा। सुनसरीको इनरुवा नगरपालिकामा आयुर्वेद अस्पातलको लागि जिल्ला प्रशासन कार्यालयको स्वामित्वमा रहेको जग्गा सहित पहल गरि दिन भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । स्थानीयहरुले नगरमा आयुर्वेद अस्पताल निर्माण गर्न माग गर्दै जिल्ला प्रशासान कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ज्ञापन पत्र बुझाएको हो । इनरुवा नगरपालिकामा पहिलो चरणमा आयुर्वेद अस्पताल निर्माण दबाव ...

झापामा लघुवित्तबाट पीडित महिलाहरु आन्दोलित

झापामा लघुवित्तबाट पीडित महिलाहरु आन्दोलित
झापा । लघुवित्तीय संस्थाहरूको ज्यादतीबिरुद्ध झापाका महिलाहरू पनि सङ्गठित भएर आन्दोलनमा उत्रिएका छन् । लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति झापाले सरकारसमक्ष पाँच बुँदे माग अघि सार्दै फागुन २१ गतेदेखि जिल्ला प्रशासन कार्यालय झापाको मुख्य प्रवेशद्वार अगाडि अनिश्चितकालीन धर्ना दिएका छन् । जिल्लाका विभिन्न स्थानबाट लघुवित्तीय संस्थाबाट पीडित बनेका महिलाहरू बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म धर्नामा...

कोशी प्रदेश सरकारद्वारा सेवा केन्द्र निर्माणको तयारी

कोशी प्रदेश सरकारद्वारा सेवा केन्द्र निर्माणको तयारी
इटहरी । कोशी प्रदेश सरकारले तीन ठाउँमा मुख्यमन्त्री अत्यावश्क सेवा केन्द्र निर्माणको तयारी गरेको छ ।सो कार्यक्रमअन्तर्गत एउटा सेवा केन्द्रको पूर्वाधार निर्माणका लागि डिपिआर पारित गर्ने र दुईवटा केन्द्र निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्थानीय तहबीच सम्झौता भएको छ । झापाको अर्जुनधारा नगरपालिकामा निर्माण गर्न लागिएको मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको भवनलगायत आवश्यक पूर्वाधार...

जिपी कोइराला स्मृति हक्की : उपाधिका लागि आर्मी र पुलिस भिड्ने

जिपी कोइराला स्मृति हक्की : उपाधिका लागि आर्मी र पुलिस भिड्ने
मोरङ । दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो संस्करणको राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् । फाइनल खेल विराटनगरस्थित सहिद रङ्गशालामा राति हुनेछ । आइतबार राति भएको खेलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ४–० गोलअन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । पुलिसका लागि सरम बोहरा, महेश धामी, सागर आचार्य र भरत खत्रीले...

बैतडीका स्थानीय तहले सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको एम्बुलेन्स फिर्ता

बैतडीका स्थानीय तहले सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको एम्बुलेन्स फिर्ता
बैतडी । बैतडीका स्थानीय तहले सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको एम्बुलेन्स फिर्ता गरेका छन् । प्रदेश सरकारले उपलब्ध गराएको एम्बुलेन्स पञ्चेश्वर र डिलाशैनी गाउँपालिकाले तीन वर्षमै फिर्ता गरेका हुन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले ती दुवै स्थानीय तहलाई एम्बुलेन्स उपलब्ध गराएको थियो । ग्रामीण सडकमा सञ्चालन गर्न समस्या भएको भन्दै ती एम्बुलेन्स फिर्ता गरिएको स्थानीय तहले जनाएका ...

जीप दुर्घटनामा एक जनाको मृत्यु

जीप दुर्घटनामा एक जनाको मृत्यु
सुदूरपश्चिम । धनगढी-डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । सुपप्र ०१००१ ज १४२३ नम्बरको जीप दुर्घटना हुँदा घाइते भएका चुरे गाउँपालिका-६ का १८ वर्षीय भानु ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । उपचारका लागि धनगढी...

गाई–भैँसीमा ‘लम्पि स्किन’ समस्या देखिएपछि इलामका कृषकहरू चिन्तीत

गाई–भैँसीमा ‘लम्पि स्किन’ समस्या देखिएपछि इलामका कृषकहरू चिन्तीत
इलाम । गाईभैँसीमा ‘लम्पि स्किन’ रोग देखापरेपछि इलामका पशुपालक किसान चिन्तित बनेका छन् । जिल्लाको सूर्योदय नगरपालिकासहित अन्य पालिकामा सो रोग देखापरेको जनाइएको छ । सूर्योदय नगर प्रमुख रणबहादुर राईले ‘लम्पि स्किन’ रोगका विरुद्धमा नगरपालिकाले किसानलाई सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिँदै यसका लागि नगरपालिकामा सम्पर्क राख्न अनुरोध गरे । ‘लम्पि स्किन’ रोग लागेमा पशुलाई ज्वरो आउने, झोक्राउने, खाना न...

मेची भन्सारबाट अदुवा, अलैंची र प्लाइउडको निर्यात बढ्यो

मेची भन्सारबाट अदुवा, अलैंची र प्लाइउडको निर्यात बढ्यो
झापा । नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट रु ४० करोड ६१ लाख १८ हजार मूल्य बराबरको एक करोड २५ लाख ४७ हजार छ सय ९० केजी अदुवा र सुठो भारत निर्यात भएको ...

सशस्त्र प्रहरी बलद्वारा ५ क्विन्टल कुखुरा नष्ट

सशस्त्र प्रहरी बलद्वारा ५ क्विन्टल कुखुरा नष्ट
नवलपरासी पश्चिम। नवलपरासी पश्चिमको सशस्त्र प्रहरी बल गुठी परसौनी द्वारा १ लाख ६० हजार बराबरको कुखुरा शनिबार नष्ट गरिएको छ। सशस्त्र प्रहरी बल गुठी परसौनीले प्रतापपुर गाउपालिका वडा नं ३ अमहवामा अबैध रुपमा लुकाइ राखेको अवस्थामा कुखुराहरु बरामद गरेको थियो । सशस्त्र प्रहरी निरिक्षक संतोष सापकोटाको नेतृत्वमा गएको गस्ती टोलीले ५ क्विन्टल कुखुरा बरामद गरेको हो । भारतबाट अबैध रूपमा ल्याएको उक्त कुखुराहर...
trusted online casino malaysia