इनरुवामा एमालेले आमसभा गर्दै
नेकपा एमालेले सुनसरीको इनरुवामा बृहत आमसभाको आयोजन गर्ने भएको छ ।चैत्र ३० गते महेन्द्रचोकमा हुने आमसभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सुनसरीले जनाएको छ ।
एमाले जिल्ला प्रचार विभागले पत्रकार सम्मेलनको आयोजना गरी आमसभाको विषयमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बताइए अनुसार बृहत आमसभा चुनाव केन्द्रित रहने छ । जसमा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्नु हुने...












