उदयपुरको सिद्धिपुरबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री

उदयपुरको सिद्धिपुरबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री
उदयपुर । उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यसवर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ । विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् । सिद्धिपुरका कृषक नेत्रबहादुर पुलामी मगरले सिद्धिपुरका झण्डै ५० घर परिवारमध्ये ३० घरले व्यावसायिकरुपमा नै बेसार खेती गर्दै आएका बताए । स्थानीयवासी देवबहादुर मगरले भने, ‘२०५० सालतिरदेखि नै गाउँमा बेसार खेती सुर...

मेचीनगरमा माेटरसाइकलले ठक्कर दिदा पैदलयात्री आमाको मृत्यु, ६ वर्षकी छोरी गम्भीर

मेचीनगरमा माेटरसाइकलले ठक्कर दिदा पैदलयात्री आमाको मृत्यु, ६ वर्षकी छोरी गम्भीर
झापा । झापाको मेचीनगरमा पैदल हिंडिरहेका बेला मोटरसाइकलले ठक्कर दिंदा एक महिलाको ज्यान गएको छ भने उनकी ५ वर्षीया छोरी गम्भिर घाइते भएकी छन् । प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट शनिबार बेलुका मेचीनगर–५ की ५५ वर्षीया देवीमाया विश्वकर्मा र उनकी छोरी ६ वर्षीया निशा सिकिस्त घाइते भएका थिए । मेचीनगर–५ को भित्री पक्की सडक खण्डमा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे–११प ५७६५ नम्बरको मोटरसाइकलले प...

तीन दशकपछि सिरहाकाे तरेगणामै पुनः हाटबजार सञ्चालन हुँदा किसान खुशी

तीन दशकपछि सिरहाकाे तरेगणामै पुनः हाटबजार सञ्चालन हुँदा किसान खुशी
सिरहा । आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्री वितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आएका थिए । लहान नगरपालिका–१६ तरेगणाका उहाँलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुई पटक दुःख, कष्टले धाउनु नियमित कर्म जस्तै बनेको थियो । अहिले भने महतोले आफ्नो उत्पादनलाई उचित मूल्यमा गाउँकै हाटबजारमा बेच्न पाएका छन् । गत माघ २८ गतेबाट नगरपालिकाले आइतबार र बिहीबार...

ब्रह्मकुमारी राजयोगको ३० औ वार्षिकोत्सव तथा अभिनन्दन कार्यक्रम

ब्रह्मकुमारी राजयोगको ३० औ वार्षिकोत्सव तथा अभिनन्दन कार्यक्रम
इटहरी । सुनसरीको इटहरीस्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले शनिवार ३० औ वार्षिकोत्सव तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ । काेशी प्रदेशका प्रमुख परशुराम खापुङकाे प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा संस्थामा रहेर स्थापना कालदेखि हाल सम्म विभिन्न क्षेत्रबाट याेग्दान पुर्‍याउने ब्याक्तिहरूलाइ अभिनन्दन गरिएको थियो । संस्थाकी अध्यक्ष ब्रह्मकुमारी गीता दिदिकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा जग्...

संखुवासभाको खाँदबारीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार

संखुवासभाको  खाँदबारीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार
संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका छन् । खाँदबारी नगरपालिका –७ स्थित आर्मी क्याम्प नजिकै घरायसी विवादमा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका हुन् । गए राति खाँदबारी–७ स्थित आर्मी क्याम्प नजिकै २६ वर्षीया विना राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जगेवुले जानकारी दिएका छन् । घरायसी विवाद हुँदा खाँदबारी नगरपालिका...

सुनसरीका सबै भारतीय सिमानाहरूमा राखियाे नेपालकाे झण्डा , स्थानीयले गरे प्रशंसा

सुनसरीका सबै भारतीय सिमानाहरूमा राखियाे नेपालकाे झण्डा , स्थानीयले गरे प्रशंसा
इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले भारतसँगको सीमा जोडिएका भू-भागमा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम भारतसँग सीमा जोडिएको सुनसरीको ६२ किलोमिटर क्षेत्रमा राष्ट्रिय झण्डा राखिने भएको हो। कोसी ब्यारेज नजिकैको भाण्टाबारी तीनकुने क्षेत्रबाट औपचारिक रुपमा शुरुवात गरिएको अभियानलाई नाकाको सबै क्षेत्रमा क्रमशः अघि बढाइने सुनसरी प्रशासनले जनाएको छ। नेपाली भ...

सामाजिक अभियन्ताको टोली सोलुमा, यस्तो छ उद्देश्य

सामाजिक अभियन्ताको टोली सोलुमा, यस्तो छ उद्देश्य
सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन सामाजिक अभियन्ताको टोली सोलुखुम्बुको लुक्ला आइपुगेको छ । सो टोली आज लुक्लाबाट फाक्दिङ पुग्ने बताइएको छ । टोलीले जलवायु परिवर्तनले हिमाली महिलाहरूमा पारेको प्रभाव, हिमाल कालापत्थरमा परिणत हुँदै गएको, समग्र पर्यटन क्षेत्रमा पारेको प्रभावलगायतका विषयमा स्थानीय तथा जनप्रति...

डा. रुइतलाई गृह जिल्लामा अभिनन्दन

डा. रुइतलाई गृह जिल्लामा अभिनन्दन
ताप्लेजुङ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले प्रख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई नागरिक अभिनन्दन गरेको छ । आँखाको हेरचाह र मानवीय सेवामा विशेष योगदान पुर्‍याएको भन्दै उनलाई नागरिक अभिनन्दनसहित सम्मान गरेको हो ।ताप्लेजुङमा जन्मिएका डा. रुइत नेपाल र नेपाल बाहिरका लाखौँ व्यक्तिको दृष्टि फर्काउने समर्पणका कारण प्रख्यात छन् । यहाँ आयोजित तीन दिने निःशुल्क आँखा शिविरको समापन कार्यक्रममा...

झापामा सशस्त्र प्रहरीको आतंक : ६ स्थानीयमाथि खुकुरी प्रहार, गम्भीर अवस्थामा उपचार हुँदै

झापामा सशस्त्र प्रहरीको आतंक : ६ स्थानीयमाथि खुकुरी प्रहार, गम्भीर अवस्थामा उपचार हुँदै
झापा । सशस्त्र प्रहरीले झापाको काँकाडभिट्टामा स्थानीयमाथि खुकुरी प्रहार गरेको छ । सशस्त्र प्रहरीले खुकुरी प्रहार गर्दा ६ जना स्थानीय घाइते बनाएका छन् । उनीहरू सख्त घाइते भएका छन् । उक्त घटना काँकडभिट्टास्थित नेपाल–भारत सीमास्तम्भ नम्बर ९०२ र ९०३ नजिक भएको हो । काँकडभिट्टाको गैरीगाउँमा तस्करी नियन्त्रणको लागि भनेर आएको प्रस्तावित सीमा सुरक्षा गुल्म, काँकडभिट्टाका सशस्त्र प्रहरी र स्थानीयबीच भनाभ...

दुर्व्यसन विरुद्ध इटहरीमा सचेतना र्‍याली

दुर्व्यसन विरुद्ध इटहरीमा सचेतना र्‍याली
इटहरी । इटहरी उपमहानगर ३ स्थित लागु औषध दुर्व्यसन विरुद्ध सचेतना र्‍याली आयोजना गरिएको छ । समाजलाई लागु औषध दुर्व्यसनी मुक्त बनाउने उद्देश्य सहित शुक्रवार हाेप फर चिल्ड्रेनले सो र्‍याली आयोजना गरेको हो ।लागु औषध समाजकै शत्रु लगायत विभिन्न चेतनामूलक प्लेकार्ड सहित निकालिएको र्‍यालीमा २ सय भन्दा बढीको उपस्थिति रहेको थियो । र्‍यालीमा इटहरी क्षेत्रका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी , शिक्षक ,...
trusted online casino malaysia