सङ्खुवासभामा निर्मित २२० केभी वसन्तपुर सबस्टेसन सञ्चालनमा

सङ्खुवासभामा निर्मित २२० केभी वसन्तपुर सबस्टेसन सञ्चालनमा
इटहरी । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ।नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मिटर उचाइमा निर्माण गरेको २२०/१३२/३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याएको छ। आयोजना अन्तर्गतनै सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार तथा बानेश्वर २२० केभी...

खोटाङमा पोखरीमा डुबेर बालिकाको मृत्यु

खोटाङमा पोखरीमा डुबेर बालिकाको मृत्यु
खोटाङ । खोटाङमा पोखरीमा डुबेर अढाई वर्षकी बालिकाको मृत्यु भएको छ।साकेला गाउँपालिका-२ का वीरधन राईकी ३० महिनाकी छोरी आरिमाको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। बराहपोखरी गाउँपालिका-६ स्थित मामा घरमा बस्दै आएकी बालिकाको घर नजिकै रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको हो।

नेपाल सुपर लिगमा आज झापा एफसी र स्पोर्टिङ इलाम भिड्दै

नेपाल सुपर लिगमा आज झापा एफसी र स्पोर्टिङ इलाम भिड्दै
इटहरी । नेपाल सुपर लिग (एनएसएल) मा आज (सोमबार) दुई नयाँ टोलीबीच प्रतिस्पर्धा हुँदैछ । झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुन लागेको हो । यी दुवै नेपाल सुपर लिगमा नयाँ टोली हुन् । इलामले उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्ससँग खेलेको थियो । पहिलो खेलमा उसले १–० ले पराजय बेहोर्नु परेको थियो । झापाको लागि भने यो पहिलो खेल हो । खेल साँझ साढे ५ बजे हुनेछ । मंसिर ८ गतेदेखि सुरु भएक...

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, इटहरीमा प्रभातफेरी

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, इटहरीमा प्रभातफेरी
इटहरी । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत सुनसरीकाे इटहरीमा शनीबार प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएकाे छ । हिंसा बिरूद्धका बिभिन्न प्लेकार्ड सहित निस्किएकाे र्यालीले इटहरीकाे बिभिन्न क्षेत्र परिक्रमा गरी मुख्य चाैकमा काेणसभा गरि अभियानकाे सुरूवात भएकाे उदघाेष गरिएकाे थियाे । इटहरी उपमहानगरपालिकाकाे अायाेजनामा भएकाे प्रभातफेरीमा दुइ दर्जन बढी सामाजिक संघ संस्थाका प्रतिनिधी , सामुदाय...

अम्बे सहकारीका अध्यक्ष फडिन्द्र मगर सहित ५ जना पक्राउ : ५ हजार बचतकर्ताको ४२ करोड बढी रकम अपचलनको आरोप

अम्बे सहकारीका अध्यक्ष फडिन्द्र मगर सहित ५ जना पक्राउ : ५ हजार बचतकर्ताको ४२ करोड बढी रकम अपचलनको आरोप
इटहरी । सुनसरीको इटहरी स्थित अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फडिन्द्र मगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताहरूको लाखाै रकम अपचलन गरेको अभियोग सहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सहकारीका अध्यक्ष फणीन्द्र मगर, सञ्चालकहरू सिला गज्मेर, राहुल अग्रवाल , कुमार आले र एक जनाको नाम गोप्य राखिएको बताइएको छ । बचतकर्ताहरूले ...

धनकुटामा भयाे कहालीलाग्दाे घटना : मध्यराति ६ वर्षकी छोरी छिमेकीलाई जिम्मा लगाएको परिवार बिहानै मृत फेला

धनकुटामा भयाे कहालीलाग्दाे घटना : मध्यराति ६ वर्षकी छोरी छिमेकीलाई जिम्मा लगाएको परिवार बिहानै मृत फेला
धनकुटा । धनकुटाको निगालेका टिकाराम गुरुङले मध्यराति ६ वर्षकी छोरी छिमेकीकोमा पुर्‍याए। राति पौने १ बजेतिर सोही घरको अर्को कोठामा डेरा बस्ने महिलाकोमा लगेर टिकारामले भनेका थिए, ‘बाहिर जानु पर्ने भयो, छोरी सुताइदिनुस्।’त्यसपछि उनले ६ वर्षकी छोरीलाई ती महिलाको कोठामा छाडिदिए। ती महिलाले उनकी छोरीलाई आफूसँग सुताइन्। यसअघि पनि गुरुङ परिवार बाहिर हिँड्दा उनैकोमा लगेर छोरी राख्थे। ती महिलाले प्रहरीला...

सिरहामा तीव्र गतिका दुई मोटरसाइकल ठोक्किँदा एकै गाउँका तीन युवकको मृत्यु, एक गम्भीर

सिरहामा तीव्र गतिका दुई मोटरसाइकल ठोक्किँदा एकै गाउँका तीन युवकको मृत्यु, एक गम्भीर
सिरहा । सिरहा सदरमुकाममा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकै गाउँका तीन युवकको ज्यान गएको छ । दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् । सिरहा नगरपालिकास्थित हुलाकी राजमार्गमा पर्ने सन्हैठामा बुधबार साँझ ७ बजे स २ प ४७३१ नम्बरको मोटरसाइकल र प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुर्घटनामा सिरहाकै अर्नमा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष ...

उर्लाबारी आगलागी : घाइते थप एकको उपचारका क्रममा मृत्यु

उर्लाबारी आगलागी : घाइते थप एकको उपचारका क्रममा मृत्यु
इटहरी । मोरङको उर्लाबारी आगलागी घटनाका थप एक घाइतेको मृत्यु भएको छ । लक्ष्मी पूजाको राति उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागी घटनाका घाइते स्थानीय ४९ वर्षीय हेमकुमार दाहालको उपचारका क्रममा गए राति कीर्तिपुरस्थित वर्न अस्पतालमा मृत्यु भएको हो । आगलागीमा परेर घाइते भएका उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको गएको मंगलबार कीर्तिपुर वर्न अस्पतालमै मृत्यु भएको थियो । स्थानीय दीपक कार्कीले घरमै ...

इटहरीदेखि काठमाडौँ पुगेका प्रसाईंका समर्थकलाई मध्यरातमा लखेट्ने को हुन् ?

इटहरीदेखि काठमाडौँ  पुगेका प्रसाईंका समर्थकलाई मध्यरातमा लखेट्ने को हुन् ?
इटहरी । एक पार्टी प्यालेसमा ओछ्यान लगाएर बास बसेका महिलाहरूलाई पुरुषहरूको एउटा समूहले लखेटेको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडिओमा सुनिएको आवाजले ती महिलारू भोलि मंसिर ७ गते दुर्गा प्रसाईंको अगुवाइमा हुने भनिएको प्रदर्शनमा इटहरीबाट सहभागी हुन आएको बुझिन्छ। महिलाहरूलाई उठाउने पुरुषहरुले दुर्गा प्रसाईंको नाम लिन्छन् भने ती महिलालाई बस चढाएर इटहरी नै फर्काइदिने भन्छन्। सार्वजनिक...

हात्तीको आक्रमणबाट भुटानी शरणार्थी वृद्धको मृत्यु

हात्तीको आक्रमणबाट भुटानी शरणार्थी वृद्धको मृत्यु
झापा । जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो । शिविरको सेक्टर नं २ को हट नं दुई सय ५२ मा तामाङको बसोबास थियो । उनी दिउँसो दाउरा खोज्न जङ्गल गएका थिए । साँझसम्म घ...
trusted online casino malaysia