चोरीका घटना बढेपछि पथरीशनिश्चरेमा प्रहरी गस्ती परिचालित

चोरीका घटना बढेपछि पथरीशनिश्चरेमा प्रहरी गस्ती परिचालित
माेरङ । पथरी शनिश्चरे नगरपालिकामा दिनदहाडै चोरीका घटनाहरु घट्न थालेपछि इलाका प्रहरी कार्यालय पथरीले सुरक्षा व्यवस्थालाई अझ मजबुद बनाउन प्रहरी गस्ती तिब्र बनाइएको छ । मंगलबार इप्रका पथरीका प्रमुख डिएसपी लक्ष्मीप्रसाद भण्डारीको कमाण्डमा सशस्त्र प्रहरी निरीक्षक निरञ्जन कार्कीको टोलीले पथरी जाँते तथा लेटाङ कानेपोखरी फारलाइन क्षेत्रमा हुने चोरी हुने संभावित स्थानहरुको स्थलगत अनुगमन गर्दै प्रहरी गस्त...

खाेटाङ इलाका प्रशासन कार्यालयमा प्रमुख नहुँदा सेवा प्रवाह रोकियो, सास्ती खेप्दै सेवाग्राही

खाेटाङ इलाका प्रशासन कार्यालयमा प्रमुख नहुँदा सेवा प्रवाह रोकियो, सास्ती खेप्दै सेवाग्राही
खोटाङ । गृह–मन्त्रालयले इलाका प्रशासन कार्यालय खोटाङ बजारका लागि शाखा अधिकृत वा कायममुकायम शाखा अधिकृतको नयाँ व्यवस्था नगर्दा १५ दिनदेखि सेवा प्रवाह रोकिएको छ ।इलाका प्रशासनको कामकाजका लागि यसअघि गृह मन्त्रालयले सिनियर (अग्रज) नायब सुब्बा मोहनबहादुर राईलाई कायममुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको समयावधि गत असार २६ गते सकिएपछि मन्त्रालयले अर्को व्यवस्था नगर्दा नागरिकता वितरण, दलित, जनजाति प्रमाणी...

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट निवेदनमाथि आज फैसला

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट निवेदनमाथि आज फैसला
इटहरी । कोशी प्रदेश सरकार गठन असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथिको फैसला आज (बिहीबार) आउने भएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएको हो । इजलासले बुधबार सुनुवाइ सकेकोले बिहीबार फैसला सुनाउने भएको हो । सर्वोच्च अदालतबाट आउने फैसलाले उद्धव थापा नेतृत्वको कोशी...

ससुराली पुगेर श्रीमतीकाे हत्या, भारतीय नागरिक पक्राउ

ससुराली पुगेर श्रीमतीकाे हत्या, भारतीय नागरिक पक्राउ
बारा । बाराको सिम्रौनगढमा ससुराली आएका एक भारतीय युवकले आफ्नै श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । सिम्रौनगढ नगरपालिका–६ स्थित ससुराली आएका भारतीय युवक अमिमुल अन्सारीले आफ्नी श्रीमती अश्मिना खातुनको हत्या गरेका हुन् ।उनले अश्मिनालाई मासु काट्ने धारिलो हतियार प्रहार गरी हत्या गरेको बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिए । बुधबार बिहान २ बजेतिर श्रीमती सुतेको कोठाभित्र पसी धारिलो ...

डेंगुका बिरामी चार हजार नाघे, सबैभन्दा बढी सुनसरीमा मात्र दुई हजार पाँच सय बढि

डेंगुका बिरामी चार हजार नाघे, सबैभन्दा बढी सुनसरीमा मात्र दुई हजार पाँच सय बढि
इटहरी । डेंगुका बिरामी चार हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताउनुभयो ।उहाँका अनुसार चार हजार दुई सय ८९ जनामा डेङ्गीका बिरामी भएका छन् । महाशाखाका अनुसार असार ३० गते दुई हजार नौ सय ३० जनामा डेङ्गुको सङ्क्रमण भएको थियो । कोशी प्रदेशमा दुई हजार सात सय ५४, बाग...

फर्सी : नेपाली बजारमा जसकाे मुल्य छैन , काकडभिट्टा नाकाबाट ७ कराेडकाे आयात : काेदाे मात्रै ५१ कराेडकाे भित्रीयाे

फर्सी : नेपाली बजारमा जसकाे मुल्य छैन , काकडभिट्टा नाकाबाट ७ कराेडकाे आयात : काेदाे मात्रै ५१ कराेडकाे भित्रीयाे
झापा । पूर्वी पहाडी जिल्लामा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानहरू गाईभैँसीलाई खोले पकाएर खुवाउँछन् । तर त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा भारतबाट रु सात करोड ५७ लाख २८ हजार मूल्यको चार हजार सात सय ३३ मेट्रिक टन फर्सी आयात भएको छ । फर्सीमात्र होइन, नेपालको हिमालीबाहेक मधेस र पहाडी ज...

काेशी प्रदेशमा नियन्त्रण बाहिर लम्पी स्क्रिन : २ लाख १४ हजार बढि पशुमा संक्रमण : ४८१४ पशु मरे

काेशी प्रदेशमा नियन्त्रण बाहिर लम्पी स्क्रिन : २ लाख १४ हजार बढि पशुमा संक्रमण : ४८१४ पशु मरे
इटहरी । कोशी प्रदेशमा पशु चौपायामा लाग्ने संक्रामक रोग लम्पी स्किनको महामारी फैलिएको लामो समय भइसकेको छ । तर, यसको नियन्त्रण अझै सम्भव भएको छैन । किसानका गोठ नै रित्तिने गरी संक्रमणले महामारीको रूप लिँदा पनि नियन्त्रणका लागि सरकार उदासिन देखिएको छ । रोग नियन्त्रण गर्न तीनै तहका सरकार असफल देखिएका छन् । लम्पी स्किनले पशु संक्रमित हुँदा कोशी प्रदेशमा हजारौं किसान प्रभावित बनेका छन् । कोशीमा हाल...

झापामा ७१ दिनको अवधिमा पानीमा डुबेर १० जनाको मृत्यु

झापामा ७१ दिनको अवधिमा पानीमा डुबेर १० जनाको मृत्यु
झापा । झापामा जेठ १ गतेदेखि साउन ८ गते अर्थात ७१ दिनको अवधिमा पानीमा डुबेर १० जनाको मृत्यु भएको छ । झापा प्रहरीले पानीमा डुबेर ज्यान गएको अवस्थामा १० जनाको शव फेला पारेको जनाएको छ ।प्रहरीले झापा शिवसताक्षी नगरपालिका वडा नं. १० बस्ने मन बहादुर राईको छोरी अन्दाजी २६ वर्षीया कमला राईलाई गाई, बस्तु चराउन गएको बेला कनकाई सिँचाई नहरको शाखा नहरमा घोप्टो परेको अवस्थामा मृत फेला पारेको थियो । इलाम माई न...

कोशी सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्चको पूर्ण इजलासमा बहस हुँदै

कोशी सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्चको पूर्ण इजलासमा बहस हुँदै
इटहरी । कोशी प्रदेश सरकारको वैधानिकतामाथि आज (मंगलबार) बाट सर्वोच्च अदालतको पूर्ण इजलासमा बहस हुने भएको छ । गत २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेश गरेर मुख्यमन्त्री नियुक्ति गरेपछि असन्तुष्ट पक्ष सर्वोच्च पुगेका थिए । संविधान विपरीत सभामुखको हस्ताक्षर प्रयोग गरेर थापालाई प्रदेश परशुराम प्रमुख खापुङले मुख्यमन्त्री नि...

इटहरीकाे माया घरलाई ५० हजार राशिकाे पुरस्कार : मानव सेवामा महत्वपुर्ण याेग्दान : उपसभामुख राना

इटहरीकाे माया घरलाई ५० हजार राशिकाे पुरस्कार : मानव सेवामा महत्वपुर्ण याेग्दान : उपसभामुख राना
इटहरी । सडक मानव उद्धारमा महत्वपुर्ण भुमिका निर्वाह गरी समाजमा बिशेष याेग्दान पुर्याएकाे भन्दै सुनसरीकाे इटहरीस्थित माया घर नेपाललाइ नगद ५० हजार ५० रूपैया सहित पुरस्कार राशिले सम्मान गरिएकाे छ ।बिविध कारणवस सडकमा कस्टकर जिवन बिताउदै अाएका मानवहरूकाे उद्धारमा उल्लेखनीय भुमिका निर्वाह गरेकाे माया घर नेपाललाइ होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान सम्मान–२०८०’ बाट नगद सहित सम्मान गरिएकाे हाे ।...
trusted online casino malaysia