इटहरी । सडक मानव उद्धारमा महत्वपुर्ण भुमिका निर्वाह गरी समाजमा बिशेष याेग्दान पुर्याएकाे भन्दै सुनसरीकाे इटहरीस्थित माया घर नेपाललाइ नगद ५० हजार ५० रूपैया सहित पुरस्कार राशिले सम्मान गरिएकाे छ ।बिविध कारणवस सडकमा कस्टकर जिवन बिताउदै अाएका मानवहरूकाे उद्धारमा उल्लेखनीय भुमिका निर्वाह गरेकाे माया घर नेपाललाइ होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान सम्मान–२०८०’ बाट नगद सहित सम्मान गरिएकाे हाे । होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान ट्रस्टले माया घर नेपालले गरेकाे कामकाे उच्च मुल्याङकन सहित सम्मान गरिएकाे हाे ।संघीय संसद प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर, ट्रस्टका अध्यक्ष तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठ, राष्ट्रगानका रचयिता व्याकुल माइलाले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सम्मान प्रदान गरेका हुन ।

बेलायतमा बस्दै आएका ट्रस्टका संरक्षक शिवजी श्रेष्ठले ८४ वर्ष पार गरेका आफ्ना बुवा होमबहादुर श्रेष्ठ र आमा प्रेमकुमारी श्रेष्ठको नाममा छ छोरा र चार छोरीले संस्था गठन गरी मातृभूमिको सेवामा समर्पित व्यक्ति–व्यक्तित्व र संघ–संस्थालाई प्रोत्साहन गर्दै सम्मान गर्दै आएको छ ।

सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथी उपसभामुख इन्दिरा रानामगरले असहाय व्यक्तिको संरक्षण सरकारले गर्नुपर्ने भएपनि याे निजि स्तरकाे संस्थाले गरेकाे प्रति सम्मान प्रकट गर्नुभएकाे थियाे ।सम्मान ग्रहण गर्दै मायाघर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले २०७४ सालदेखि सुरु गरेको संस्थामा हाल १ सय ४३ जना ज्येष्ठ नागरिक, हिंसापीडित महिला, सडक मानवको उद्धार तथा संरक्षण गर्दै आएको बताइन् । सडकमा वेवारिसे तथा घरबार विहिन भएका व्यक्तिहरुलाई मायाघर नेपालले संरक्षण दिँदै आएको छ । संस्थामा डेढ वर्षे बालक देखि ८९ वर्षका ज्येस्ठ नागरिकहरू आश्रय लिदै आएका छन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia