कोशी प्रदेश : अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने मुख्यमन्त्रीको तयारी
बिराटनगर । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेका छन् । बजेट अधिवेशन अन्त्य गरेर अध्यादेश मार्फत बजेट ल्याउने तयारी गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले बुधवार नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेका थिए । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नीति तथा कार्यक्रम आएन।...











