बिराटनगर । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेका छन् । बजेट अधिवेशन अन्त्य गरेर अध्यादेश मार्फत बजेट ल्याउने तयारी गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले बुधवार नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेका थिए । माओवादी केन्द्रले  सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि  नीति तथा कार्यक्रम आएन।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नयाँ परिस्थितिमा नयाँ ढंगले बजेट ल्याउने तयारी भएको बताए । माओवादी केन्द्र सरकारबाट फिर्ता भएपछि अध्यादेशबाट बजेट ल्याउने तयारी रहेको उनले स्वीकार गरे ।

सरकारले बजेट अधिवेशन नै अन्त्य गरेर अध्यादेश मार्फत असार १ गते बजेट सार्वजनिक गर्ने तयारी गरेको मुख्यमन्त्री निकट श्रोतको दाबी छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia