इटहरी । मोरङको सुन्दरहरैचा वार्ड नं ५ स्थित बलिया चोकमा मिलिजुली परिवारको आयोजना र ग्लोबल ड्रिम्स म्यानेजमेन्ट प्रा.लि. को व्यवस्थापनमा प्रथम बलिया महोत्सव-२०८० शुक्रबार देखि सुुरु भएको छ। जेष्ठ १९ गते देखि सुरु भएको यस महोत्सव असार ५ गते सम्म संचालन हुने भएको आयोजकले जनाएको छ।

लागूऔषध दुर्व्यशनीमा फसेका युवाहरूलाई पुनरस्थापना गर्ने कार्यमा सहयोग जुटाउने उद्घेश्यले यस महोत्सवको आयोजना गर्न लागिएको अम्बर लिम्बुले जनाएका छन् । महोत्सवमा करिब ४० देखि ५० वटा व्यपारिक स्टलहरु रहने, चर्चित कलाकारहरु रचना रिमाल, जिबब, एलिना चौहान लगायत स्थानिय तथा राष्ट्र कलाकारहरुको बेजोड प्रस्तुती रहने त्यसैगरी सो महोत्सवमा विभिन्न किसिमका खेललाई समावेश गरिने आयोजकले जनाएको छ। यसैबिच आज राष्ट्रिय गायक कमल खत्रीकाे प्रस्तुती रहने आयाेजकले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia