बिराटनगरमा चाेरीबिरूद्ध प्रहरीकाे सर्च अप्रेसन
विराटनगर । प्रहरीले विराटनगरबाट ठूलो परिमाणमा चाँदीका गरगहना बरामद गरेको छ । विराटनगरका विभिन्न ठाउँबाट चोरी गरिएको ३६ किलो (केजी) चाँदी र आठ ग्राम सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दीपक पोखरेलले जानकारी दिए ।‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ’, पोखरेलले भने । चाँदीका गहना चोरीमा संलग्न तीनजना पक्राउ परेका छन् । विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र २२ वर्...












