सुनसरीमा मिटरब्याजीविरुद्व २४९ जनाको उजुरी : हाेला त कार्वाही ?

सुनसरीमा मिटरब्याजीविरुद्व २४९ जनाको उजुरी : हाेला त कार्वाही ?
सुनसरी । सुनसरी जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध दुई सय ४९ जनाले उजुरी दर्ता गराएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डले जानकारी दिइन् । वैशाख १७ गते उजुरी आह्वान गरिएकामा जेठ ८ गतेसम्ममा दुई सय ४९ मिटरब्याजी पीडितले उजुरी दिएका उनको भनाइ थियो ।प्रशासनले जारी गरेको सूचनामा मिटरब्याजीले गरेको ठगी र शोषणव...

कोशी प्रदेशद्वारा बजेट अधिवेशन आह्वान

कोशी प्रदेशद्वारा बजेट अधिवेशन आह्वान
विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ १४ गते आइतबार दिनको २ बजे आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को यही जेठ ८ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ताप्लेजुङकाे कृषकहरूलाइ याककाे बाच्छा वितरण

ताप्लेजुङकाे कृषकहरूलाइ याककाे बाच्छा वितरण
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पशुपालनको प्रवर्द्धनका लागि स्थानीय पशुपालक किसानलाई याकको बाच्छा वितरण गरेको छ ।गत वर्ष समेत याकको बाच्छा वितरण गरेको गाउँपालिकाले यो वर्ष १२ जना किसानलाई याकको बाच्छा खरिद गरेर वितरण गरेको हो । पछिल्लो समय पशुपालन व्यवसाय घट्दै गएको पाइएकाले किसानलाई प्रोत्साहन गरी पशुपालन व्यवसायको संरक्षण र प्रवर्द्धनका लागि याकका बाच्छा वितरण गरिएको गाउँपालिका अ...

कोशी प्रदेशसभाको बजेट अधिवेशन जेठ १४ गतेदेखि सुरु हुने

कोशी प्रदेशसभाको बजेट अधिवेशन जेठ १४ गतेदेखि सुरु हुने
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाको आगामी बजेट अधिवेशन जेठ १४ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने भएको छ ।कोशी प्रदेश सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।‘प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको छ,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले भने, ‘मन्त्रिपरीषद्को उक्त निर्णयबारे मुख्यमन्त्री हिक्मतकुम...

हटिया खाली गराउन बिर्तामोडमा चल्यो सात वटा डोजर

हटिया खाली गराउन बिर्तामोडमा चल्यो सात वटा डोजर
झापा । झापाको बिर्तामोड नगरपालिका–५ स्थित बुधबारे हटियाका अस्थायी संरचनाहरू आज डोजर लगाएर भत्काइएको छ । सो स्थानमा एक सय ९४ वटा जस्ताको छानो भएको पसलहरू सञ्चालनमा थिए । ती संरचना हटाउन नगरपालिकाले सात वटा डोजर परिचालन गरेको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले पटकपटक सार्वजनिक सूचना गरी हटियाको संरचना खाली गरिदिन आग्रह गर्दा व्यवसायीहरूले अटेर गरेपछि आज डोजर लगाएर हटाइएको बताए ।...

धनकुटामा ५६ करोड ५२ लाखकाे लागत सहित तीन सडक आयोजनाको काम तीव्र

धनकुटामा ५६ करोड ५२ लाखकाे लागत सहित तीन सडक आयोजनाको काम तीव्र
धनकुटा । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत धनकुटामा सञ्चालन भइरहेका तीन वटा सडक आयोजनाको कामले गति लिएको छ ।यहाँ निर्माण भइरहेको बिहीबारे हटिया–कर्मीटार–बञ्चरे–तेलिया–परेवादिन–शुक्रबारे–तेह्रथुमअन्तर्गत २३ किलोमिटर सडक कालोपत्र सुरु भएको छ । रू ५६ करोड ५२ लाख सम्झौता लागतमा उक्त सडक कालोपत्र थालिएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।कालोपत्रको काम यही असारभित्र सक्ने लक्ष्य राखिएको...

नगरपालिकामा रहेका सामुदायिक विद्यालय सञ्चालनमा एकरुपता छैन

नगरपालिकामा रहेका सामुदायिक विद्यालय सञ्चालनमा एकरुपता छैन
इनरुवा। इनरुवा नगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण अभियान दुई महिनादेखी जारी रहेको विद्यालय व्यवस्थापन समिति महासंघले जनाएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अनुगमन अभियान बैशाखको पहिलो साताबाट सुरु गरेकोमा सोमबार थप दुई विद्यलायमा अनुगमन गरेको छ । नगरपालिका अन्तर्गतका ३० सामुदायिक विद्यालयहरुको विद्यालय व्यवस्थापन समिति महासंघका इनरुवा अध...

जनप्रतिनिधि सहित सुनसरीमा दुई सय ४९ मिटरब्याजी विरुद्ध उजुरी दर्ता

जनप्रतिनिधि सहित सुनसरीमा दुई सय ४९ मिटरब्याजी विरुद्ध उजुरी दर्ता
इनरुवा। सुनसरी जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी विरुद्ध दुई सय ४९ उजुरी दर्ता भएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो । वैशाख १७ गते उजुरी आह्वान गरिएकोमा जेठ ८ गतेसम्ममा दुई सय ४९ जना मिटरब्याजी पीडितले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । प्रशासनले जारी गरेको सूचनाम...

सरस्वती माविमा विधार्थीले शिक्षकको निगरानी गर्ने

सरस्वती माविमा विधार्थीले शिक्षकको निगरानी गर्ने
इनरुवा। इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविमा शिक्षक र विधार्थीलाई पुरस्कृत सहित शैक्षिक गुणस्तर सुधार गर्ने उदेश्यले शिक्षकहरुको निगरानी विधार्थीले गर्ने भएको छ । शिक्षकहरुको कक्षामा उपस्थिती, गृहकार्य दिएको नदिएको, कपि परीक्षण गरेको नगरेको र विधार्थीमैत्री पढाइ भए नभएको निगरानी गर्न विधार्थीलाई डायरी दिएको छ । विद्यालय व्यवस्थापन समितिले शिक्षकहरुले विधार्थीको समग्र सवालको निगरानी गर्ने र...

धरानबाट पेस्तोलसहित दुई जना पक्राउ

धरानबाट पेस्तोलसहित दुई जना पक्राउ
धरान । सुनसरीको धरानमा अत्याधुनिक हतियारको कारोबार गर्ने थप दुई जनालाई धरान प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अत्याधुनिक यूएसए लेखिएको एक थान पेस्तोल र म्याग्जिन बरामद गरेको छ ।कोशी प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूहका प्रहरी नायव निरीक्षक रुद्र खड्का र इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लको संयुक्त टोलीले धरान १० का ३५ वर्षीय राजेश लिम्बु र धरान ५ का कुमार भण्डारीलाई पक्राउ गरेको हो...
trusted online casino malaysia