धरान । सुनसरीको धरानमा अत्याधुनिक हतियारको कारोबार गर्ने थप दुई जनालाई धरान प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अत्याधुनिक यूएसए लेखिएको एक थान पेस्तोल र म्याग्जिन बरामद गरेको छ ।कोशी प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूहका प्रहरी नायव निरीक्षक रुद्र खड्का र इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लको संयुक्त टोलीले धरान १० का ३५ वर्षीय राजेश लिम्बु र धरान ५ का कुमार भण्डारीलाई पक्राउ गरेको हो । उनीहरुले धरान –८ को जनता ग्यारेजमा अत्याधुनिक पेस्तोल लुकाई राखेको भन्ने विशेष सुराकीको आधारमा छापा मार्दा पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको डीएसपी मल्लले बताएका छन् ।प्रहरीले केहि दिन अगाडि पनि धरान १७ का हुकमेन जिमी, दिपक जिमी र रोहित राईलाई दुईथान दुईथान पेस्तोलसहित पक्राउ गरेको थियो । हतियारसहित पक्राउ परेका पाँचै जनालाई हातहतियार खरखजना सम्बन्धि कसुरअन्तर्गत जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थप गरी घटनाको अनुसन्धान थालिएको बताए । नेपाल–भारत खुल्ला सीमानाको मौका छापी हतियार कारोबारीहरुले अत्याधुनिक हतियार धरानसम्म ल्याएर बिक्री गर्ने गरेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia