सय दिने उपलब्धी सार्वजनिक गर्ने तयारीमा मुख्यमन्त्री कार्की
इटहरी । हिम्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले आफ्ना १ सय दिनको उपलब्धी सार्वजनिक गर्ने तयारी गरेको छ । कार्कीले मुख्यमन्त्रीको रुपमा गत पुस २५ गते शपथग्रहण गरेका थिए ।
त्यही दिनदेखि आफू नेतृत्वको सरकारले गरेका मुख्य उपलब्धीलाई समेटेर सार्वजनिक गर्ने तयारी गरेको कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले जानकारी दिए । ‘हालसम्म सरकारले गरेका राम्रा कामको सार्वजनिक गर्ने तयारी भइरहेको छ,’ खन...












