विराटनगर । मोरङ रंगेलीमा ट्यावक्टर पल्टिँदा एकजानको मृत्यु भएको छ । घटनामा १९ जना घाइते भएका छन् । शनिबार विराटनगर–रंगेली सडक खण्डअन्तर्गत रंगेली– ४ स्थित आमतोला चोकमा अनियन्त्रि भएर ट्याक्टर पल्टिएको हो ।घटनामा मोरङको ग्रमथान गाउँपालिका ५ बस्ने वर्ष ६५ की बैसाखी चौधरीको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रंगेलीले दिएको जानकारीअनुसार पश्चिमीबाट रंगेलीतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ त ९५५३ नम्बरको ट्याक्टर नियन्त्रण गुमाएर पल्टिएको थियो । ट्याक्टरमा २० जना सवार थिए ।
घाइते हुनेमा ग्रामथान ५ बस्ने वर्ष ६२ का दुखिया चौधरी,२६ वर्षको अनील माझी, टेकनारायण माझी, सुनील चौधरी, ५० वर्षका टिकाराम माझी, ६५ वर्षका मधुराम माझी, वर्ष २५ की रीताकुमारी माझी, वर्ष ५ का रितेश माझी, वर्ष ३५ का रीता चौधरी, वर्ष ४३ का अनुलाल माझी, वर्ष ४२ का पुरनसरी चौधरी छन् । वर्ष ३५ की सुनिता भगत, वर्ष १० का विकेस भगत, वर्ष २० रंगेली बस्ने जानकीकुमारी माझी, रंगेलीका सुनवर्ती चौधरी, वर्ष ३ की जितनी चौधरी, वर्ष ३ का रायन चौधरी र वर्ष ४० का किन्ती चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।धाइतेमध्ये चारजनाको रंगेली अस्पतालमा उपचार भइरहेको छ । १३ जनालाई थप उपचारका लागि विराटनगर पठाइएको छ । चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।








