ग्रामथानबाट १८ लाख सहित ९ जना जुवाडे पक्राउ

ग्रामथानबाट १८ लाख सहित ९ जना जुवाडे पक्राउ
मोरङको ग्रामथान गाउँपालिकाबाट १८ लाख रूपैयाँ सहित ९ जना जुवाडे पक्राउ परेका छन्। ग्रामथान गाउँपालिका-४ कटहरा टोलस्थित बाँसघारीबाट शनिबार राति ८ बजे जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको हो। मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार जुवा खेलाइएको गोप्य सूचनापछि जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी, हरैँचा र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोल...

ताप्लेजुङमा गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकको मृत्यु

ताप्लेजुङमा गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकको मृत्यु
ताप्लेजुङ। ताप्लेजुङमा पिकअप भ्यानमा माथिबाट खसेको पहिरो सहितको ढुङ्गा लाग्दा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका–३ निवासी २६ वर्षीया निर्मला गुरुङ रहेकी प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार फुङ्लिङदेखि फक्ताङलुङ गाउँपालिका जाँदै गरेको मे१ज १३६२ नंको पिकअप भ्यानमाथि फक्ताङलुङ गाउँपालिका—३ सिवा क्षेत्रमा पहिरो सहितक...

कोशी सरकारमा कांग्रेस सहभागी हुँदै

कोशी सरकारमा कांग्रेस सहभागी हुँदै
विराटनगर। सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ लिनेछन् । शपथ आज राखिएको छ । कांग्रेसबाट कोशी सरकारको नेतृत्व प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईले गर्नेछन् । उनी भौतिक पूर्वधार मन्त्री बन्ने तय भएको छ । राई कृष्णप्रसाद सिटौला समूहका नेता हुन् । कृष्ण सिटौला...

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की अनसन बस्दै

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की अनसन बस्दै
इनरुवा। वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम कटौती गरेको भन्दै आज (मंगलबार) देखि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनसन शुरु गर्ने भएका छन् । उनले गत आइतबार प्रदेश सभाबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ४८ घण्टे ध्यानाकर्षण पत्र पठाएका थिए । कार्कीले आज दिउँसो ४ बजेदेखि आमरण अनसन बस्न लागेका हुन् । उनले विराटनगरको देवकोटा चौकस्थित कोशी प्रदेश सभा परिसरमा अन...

भोक्राहामा विपिलाई सम्झिदै वृक्षरोपण

भोक्राहामा विपिलाई सम्झिदै वृक्षरोपण
नेपाली काङ्ग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री नेता बिशेश्वर प्रसाद (वि.पि.) कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह गाउँ कार्यसमितिले वडा नम्बर ४ जामिया मदर्शा छेउको इदगाह फिल्डमा बृक्षरोपन कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा २०० विभिन्न उन्नत जातका बोटबिरुवा रोपिएको हो। उक्त बृक्षरोपन कार्यक्रम नेपाली काङ्ग्रेस भोक्राहा नरसिंहका ...

डेङ्गीका कारण झापामा दुई जनाको मृत्यु

डेङ्गीका कारण झापामा दुई जनाको मृत्यु
झापा। डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गुबाट मृत्यु हुनेमा हल्दिबारी-३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड-४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन् । झापामा साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ । कोशी प्रदेशमा डेङ्ग‍ुबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् ।...

दुई छोरीको हत्या आफूले नै गरेको स्वीकार

दुई छोरीको हत्या आफूले नै गरेको स्वीकार
विराटनगर। अस्मिता कार्कीले आफ्ना दुई छोरीलाई आफूले नै मारेको स्वीकार गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय मोरङमा उनलाई सार्वजनिक गर्ने क्रममा संक्षिप्त प्रतिक्रिया लिँदा उनले यस्तो बताएकी हुन् । मैले सुरुमा विष पिएँ । मलाई छाती पोल्न थाल्यो । म मरे भने छोरीहरू जङ्गलमै हुने भए बरु मसँगै लैजान्छु भनेर उनीहरूलाई पनि विष खुवाएँ, उनले भनिन्, श्रीमानले धेरै टर्चर गरेपछि मैले यसो गरेकी हुँ । मोरङ सु...

बसको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु

बसको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु
झापा। झापाको बिर्तामोड नगरपालिका-५ स्थित पुर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । हिजो साँझ सवा ५ बजे बिर्तामोड प्रदेश १-०२-००२ ख ००३५ नम्बरको बसले प्रदेश १-०१-०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाईकलको पछाडि सवार रहेकी इलाम माई नगरपालिका-४ की ३० बर्षीया तुलसा पाँचकोटी घाईते भएकोमा तत्काल उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा उपचार...

इनरुवाको ग्रामिण सडकबाटो मर्मत सम्भार हुदै

इनरुवाको ग्रामिण सडकबाटो मर्मत सम्भार हुदै
इनरुवा। सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले साउनको बाढीका बेलमा बर्षाले क्षतिग्रष्त बनेको ग्रामिण सडकबाटोमा मर्मत सम्भारको कार्य सुरु गरेको छ । जिल्लाको दक्षिणवर्ती क्षेत्र देवानगन्ज गाउँपालिकाबाट इनरुवा आउनेका लागि मुख्य बाटोको रुपमा रहेको इनरुवा कौवाखोच निर्माणको चरणमा रहेको र त्यसको बैकल्पिक बाटो शङकरपुर नहरको डीलबाटोमा बाढी र बर्षाले क्षतिग्रष्त भएका बेलामा मर्मत सम्भार...

इटहरीमा खुकुरी प्रहार घटनामा संलग्न सात जना पक्राउ

इटहरीमा खुकुरी प्रहार घटनामा संलग्न सात जना पक्राउ
इटहरीमा बुधबार एक युवकमाथि भएको खुकुरी प्रहारको घटनामा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । इटहरी ६ स्थित कुवेर चौकमा इटहरी १६ का २१ वर्षीय प्रवेश बुढाथोकी माथि खुकुरी प्रहार भएको घटनामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीका अनुसार खुकुरी प्रहारको घटनामा संलग्नहरूलाई प्रहरीले विराटनगरको बरगाछीबाट बुधबार राति ९...
trusted online casino malaysia