स्कार्पियो सहित भन्टाबारीबाट ३३६ केजी गाँजा बरामद

स्कार्पियो सहित भन्टाबारीबाट ३३६ केजी गाँजा बरामद
सुनसरी जिल्लामा पछिल्लो समय गाँजा तस्करी बढ्दै गएको छ। यसै क्रममा सुनसरी जिल्लाको कोशी गाउँपालिका क्षेत्रबाट ठूलो परिमाणमा नेपाल प्रहरीले गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विशेष सूचनाको आधारमा सोमबार मध्यरात कोशी गाउँपालिका वडा नम्बर ८ स्थित भण्टावारीको सीमावर्ती क्षेत्रबाट सो गाँजा बरामद गरिएको छ। स्रोतका अनुसार नेपालबाट तिनकुने नाका भई एचआर २६ बि ०९९०४ नम्बरको भार...

इनरुवा लगायत सुनसरीका ९ स्थानमा भव्यताका साथ रथयात्रा सम्पन्न

इनरुवा लगायत सुनसरीका ९ स्थानमा भव्यताका साथ रथयात्रा सम्पन्न
इनरुवा। सुनसरीको ९ स्थानमा श्रीकृष्णजन्माष्टमीको अवसरमा रथयात्रा सम्पन्न भएको छ । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थान गरेर ९ स्थानमा श्रीकृष्णजन्माष्टमीको अवसरमा रथयात्रा सम्पन्न भएको हो । सदरमुकाम इनरुवामा एक लाख बढी स्थानीयको सहभागीतामा भव्य रथ यात्रा सम्पन्न भएको रथयात्रा मुल समितिका सचिब सुनोज निरौलाले जानकारी दिनुभयो । सोमबार भगवान श्रीकृष्णको मुर्ती पुजा गरेर हर्सोल्लासाका ...

गोताखोरको मद्दतले सुनकोशीमा खसेको गाडी भेटियो, तीन जनाको अवस्था अज्ञात

गोताखोरको मद्दतले सुनकोशीमा खसेको गाडी भेटियो, तीन जनाको अवस्था अज्ञात
गोताखोरको मद्दतले सुनकोशी नदीमा खसेको गाडी भेटिएको छ। गाडीमा सवार तीन जनाको अवस्था अहिले सम्म अज्ञात नै छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी अनीलकुमार खड्काका अनुसार सुनकोशीमा खसेको गाडी बिहान २ बजे गोताखोरले झिकेको हो। शनिबार खोटाङको हलेसीबाट भक्तपुर आउँदै गरेको प्रदेश ३-०१-०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी सिन्धुलीको गोलान्जोर गाउँपालिका-१ कुडुलेस्थित मध्यपहाडी लोकमार्ग सडकबाट स...

ट्रकले ठक्कर दिँदा भोक्राहाको रमानन्दको मृत्यु

ट्रकले ठक्कर दिँदा भोक्राहाको रमानन्दको मृत्यु
इनरुवा। सुनसरी सदरमुकाम इनरुवा-४ बस चौकमा बुधबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा नरसिंह गाउँपालिका २ का रमानन्द मेहता रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना ३ ख १४५ नम्वरको ट्रकले को २२ प ४०८० नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार मेहताको घटना स्थलमै मृत्यु भएको हो । मेहत...

कोदालोको प्रहारबाट गढीका ज्ञानचन्दको विभत्स हत्या

कोदालोको प्रहारबाट गढीका ज्ञानचन्दको विभत्स हत्या
सुनसरी गढी गाउँपालिका–६ मा सोमबार विहान एक जनाको हत्या भएको छ। वर्ष ४७ का ज्ञानचन्द ऋषिदेवको हत्या फरुवा (कोदालो) ले घाँटी काटेर गरिएको खुलेको छ। रिङ व्यवसायी ऋषिदेव सोमबार विहान घरबाट करिव १ किलोमिटर टाढा वडा नं. २ स्थित थलाहामा मृत अवस्थामा फेला परेका थिए। उनको टाउको एक ठाउँमा र शरीर अर्कै ठाउँमा भेटिएको थियो। शरीर (टाउको मुनिको भाग) थलाहामा भेटिएको थियो भने त्यसको करिव ५० मिटर उत्तर–पश्चिम ग...

हिमताल फुटेर सोलुखुम्बुमा १४ घर बगायो

हिमताल फुटेर सोलुखुम्बुमा १४ घर बगायो
विराटनगर। सोलुखुम्बु जिल्लाको हिमताल फुटेर आएको लेदोसहितको बाढीले १४ घर बगाएको छ । जिल्लाको खुम्बु पासाङ ल्यहामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रको हिमताल फुटेर बाढी आएको हो । आज दिउँसो २ बजे बाढी आएको थियो । बाढीबाट एउटा विद्यालय, ३ वटा क्लिनिकसहित १४ वटा घरमा पूर्ण क्षति भएको हो । यस्तै ७ वटा घर उच्च जोखिममा रहेको सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन्...

रानी नाका हुँदै नेपाल छिरिसकेका बङ्गलादेशीलाई फिर्ता पठाइयाे

रानी नाका हुँदै नेपाल छिरिसकेका बङ्गलादेशीलाई फिर्ता पठाइयाे
इटहरी । बंगलादेशमा देखिएको राजनीतिक संकट र हिंसाका कारण भारतको बाटो हुँदै बंगलादेशी नागरिकहरु नेपाल प्रवेश गर्ने प्रयासमा रहेको पाइएको छ ।भारतको जोगबनीबाट विराटनगरको रानी नाका हुँदै बंगलादेशका नागरिकले नेपाल प्रवेश गर्ने प्रयास गरिरहेकोमा केहीलाई प्रहरीले फिर्ता पठाएको छ । बंगलादेशमा हिंसा बढेसँगै नेपालमा बंगलादेशीहरु प्रवेश गर्नसक्ने सूचना आएपछि प्रहरीले सतर्कता अपनाएको छ । कोशी प्रदेशका सीमा ...

लागूऔषध नियन्त्रण गर्न भण्टाबारीमा निगरानी कक्ष

लागूऔषध नियन्त्रण गर्न भण्टाबारीमा निगरानी कक्ष
भण्टाबारी। सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ८ स्थित भण्टाबारी क्षेत्रमा लागूऔषध नियन्त्रण गर्न निगरानी कक्ष स्थापना गरिएको छ । प्रदेश प्रहरी कार्यालय कोशी प्रदेशको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुनसरी सीमामा निगरानी कक्ष स्थापना गरेको हो । सो लागूऔषध दुव्र्यसनी निगरानी कक्षको एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरिक्षक भिमबहादुर दाहालले उद्घाटन गर्...

लाइफगार्ड अस्पतालमा आगलागी

लाइफगार्ड अस्पतालमा आगलागी
विराटनगर। विराटनगरको लाइफगार्ड अस्पतालमा आगलागी भएको छ। विराटनगर ५ बरगाछीमा रहेको सो अस्पतालको आईसीयूमा आगलागी भएको हो। आगलागीको बख्त आईसीयूमा बिरामी नरहेको र आईसीयू खाली रहेका जनाएको छ। खाली रहेको आईसीयूमा आगलागी भएको देखेपछि अस्पतालको अन्य वार्डका बिरामी र कुरुवाहरु भने त्रसित बनेका छन् । आइतबार दिउँसो उक्त घटना घटेको हो। विधुत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले बताएको छ।

कोशी प्रदेशमा भोली सार्वजनिक बिदा

कोशी प्रदेशमा भोली सार्वजनिक बिदा
इनरुवा । आदिवासी दिवसको अवसरमा कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भोली शुक्रबार एक दिन आदिवासी दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको हो। बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले ३० औं विश्व आदिवासी दिवसमा प्रदेशमा बिदा दिने निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानुनमन्त्रालयले सो बिदाको जानकरी एक सुचना जारी गर्दै जनाएको हो।
trusted online casino malaysia