ताप्लेजुङमा सुक्न थाले अलैँची बगान : नौ महिनामा छ अर्ब ३५ करोड रुपैयाँको अलैँची निर्यात
ताप्लेजुङ । वसन्त ऋतुको आगमनसँगै अलैँचीले फूल खेल्न थाल्नुपर्छ । यो समय अलैँचीको मुना पलाउनुपर्ने समय पनि हो । तर अलैँची बगानमा अलैँचीको बोट सुकेर राताम्य भएका छन् । अलैँचीका बोट ढलिरहेका छन् ।अलैँचीलाई शीतलता दिने बगानका रुख पनि सुकेका छन् । त्यसैले अलैँची बगानलाई कतै आगोको झिल्काले भेट्यो भने ढडेलोको जोखिम उत्तिकै छ । यो दृश्य हो ताप्लेजुङको फुङलिङ नगरपालिका–६ सिद्धिडाँडाको हो । वैशाख–जेठ महिनाम...












