इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विकास–निर्माणको काम गर्दा उल्टै आफूविरुद्ध ‘मुर्दावाद’को नारा लगाइएको गुनासो गरेका छन्। मेयर साम्पाङले शनिबार बिहान सामाजिक सञ्जालमार्फत आफूविरुद्ध नारा मात्र होइन, खानेपानी पाइपमा डढेलोसमेत लगाइएको बताएका छन्।तर आगो निभाएर पाइप बचाइएको पनि उनले जानकारी दिएका छन्। यसमा सहयोग गर्नेहरूलाई उनले धन्यवाद भनेका छन्।  ‘दिनरात एक बनाएर धराने जनताको सेवामा जुटेँ, बजेटको काम मात्रै होइन, श्रमदान अभियान चलाएरै धेरै विकास निर्माणका कामहरू गरेँ, त्यसैले होला– ‘हर्क साम्पाङ मुर्दावाद’को नारा घन्कियो’, साम्पाङले लेखेका छन्, ‘आज पाइपलाइनमा डढेलो समेत लगाइयो। धन्यवाद उहाँहरूलाई जसले घन्टौँ मेहेनत गरेर आगो निभाई पाइप बचाउनुभयो।’

तपाईको प्रतिक्रिया

trusted online casino malaysia