खोटाङमा किबी र लिचीको उत्पादन दुइ गुणाले बढ्यो
खाेटाङ । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९/२०८० मा खोटाङमा किबी र लिचीको उत्पादन बृद्धि भएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसवर्ष किबी तीन दशमलव १५ मेट्रिक टन र लिची पाँच मेट्रिक टनले उत्पादन बढेको हो ।जिल्लामा ४० हेक्टर क्षेत्रफलमा किबी खेती गरिए पनि ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले मात्रै उत्पादन दिने गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले २० दशमलव ...












