विराटनगर । विराटनगर महानगरपालीकाले सुर्तीजन्य बस्तुको किनबेचमा प्रतिबन्ध लगाएपछि पान पसल व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।महानगरपालिकाले आजबाट सुर्तीजन्य बस्तुको किनबेचमा प्रतिबन्ध लगाएको हो । सो निर्णयको विरोधमा पान पसल बन्द गरेर व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।
नगर परिषदको निर्णय अनुसार महानगरले आजबाट बेचबिखनमा रोक लगाएको हो ।यसअघि सार्वजनिक क्षेत्रमा बेचबिखन र प्रयोगमा प्रतिबन्ध लगाएको महानगरले आजबाट कडाइ गर्ने निर्णय गरेपछि विराटनगरको रामजानकी मन्दिरमा पान व्यवसाय संघ तदर्थ संघर्ष समितिले आन्दोलन गरेको हो ।
नगरसभाबाटै सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएकाले महानगर पछि नहट्ने मेयर नागेश काइरालाले बताएका छन् । आन्दोलन सुरु गरेका पान व्यवसायीले भने बेच्न पाउनुपर्ने बताएका छन् ।











