मेची भन्सारबाट १४ अर्ब राजस्व संकलन , लक्ष्य अनुसार भएन राजस्व संकलन
झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको तुलनामा ६९ दशमलव ४१ प्रतिशत राजस्व असुली गरेको जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार उक्त आवमा रू १४ अर्ब चार करोड ७५ लाख ३९ हजार राजस्व असुली भएको छ । उनका अनुसार भन्सारले गत आवमा रू २० अर्ब २४ करोड १८ लाख ३३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको थियो ।
पेट्रोलियम पदार्थको आयात कम भएको, सुपारीलगायत तेस्रो मुलुकब...











