इटहरी । गत असार ३ गते अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा अबरुद्ध बनेको मेची राजमार्ग आज (आइतबार) देखि पूर्णरुपमा सञ्चालनमा आएको छ। बाढीले मेचि राजमार्ग अन्तर्गतको हेवा खोला पुल बगाएपछि ताप्लेजुङ जिल्लासँग यातायातको सम्बन्ध बिच्छेद भएको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुल बगाएको चार साताभित्र नयाँ पुल निर्माण गरी यातायात सुचारु गराएको जिल्ला प्रसाशनकाे कार्यालय ताप्लेजुङले जनाएकाे छ ।पुल बगाएर यातायातका साधनहरू बिच बाटाेमै अलपत्र पर्नुका साथै जिललामा अति आवश्यकिय सामग्री सहित प्रशिद्ध धार्मिक पर्यटकिय स्थल पाथीभरा दर्शनमा समेत कठिनाइ भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस विषयमा चासाे देखाएकाे थियाे ।

मन्त्रालयले तत्काल पुल निर्माण गरी यातायात सहज बनाउन सम्बन्धित निकायलाइ निर्देशन गरेपछि बाढिले बगाएकाे २८ दिनपछि नयाँ पुल बनेकाे हाे । मन्त्रालयले निर्देशन दिएको २८ दिनभित्र बेलिब्रिज निर्माण गरी यातायात सञ्चालनमा आएको हाे ।

बेलिब्रिज निर्माण सक्नुअघि डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो। बनाएको डाइभर्सनपनि दुई पटक बाढीले बगाएको थियो। हेवाखाेलामा पुल बनेसंगै अहिले यातायातका साधनहरू निर्वाध सञ्चालन हुन थालेका छन भने साे क्षेत्रमा छिटफुट मात्रामा वर्षा भइरहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia