हुलाकी राजमार्गको काम रोकिँदा माेरङका जनप्रतिनिधिहरु अनशनमा
माेरङ । राष्ट्रिय गौरवको आयोजनामा रहेको हुलाकी राजमार्गको काम रोकिएपछि स्थानिय जनप्रतिनिधिहरुले अनशन सुरु गरेका छन् । विगत चार वर्षदेखि अलपत्र अवस्थामा रहेको मोरङ हुलाकी सडक निर्माण सम्पन्न गर्न माग राख्दै कटहरी गाउँपालिकाका जनप्रतिनिधिहरु बिहीबारबाट अनसन बस्न सुरु गरेको हो ।कटहरी ३ का वडाध्यक्ष जद्धुलाल कामत, वडा सदस्यहरू वल्सी दास मत्ता, शंकर पासवान, दुखनी कुमारी पासवान र सुलेखा देवी गनगाईले अन...












