फिदिम । जिल्लाकै दुर्गम मानिने याङवरक गाउँपालिका १ खोला घारी चोकमागमा गएको पहिरोका कारण विस्थापित भएका पीडितलाई तुइन मार्फत राहत सामग्री पठाइएको छ ।असार ४ गते विस्थापित भएका उनीहरूलाई हेवा खोलामा तुइन टाँगेर खोला पारी बुधवार साँझ पहिलो पटक राहत सामग्री पठाइएको हो ।जिल्ला सदरमुकाम फिदिमदेखि १६ कोष टाढा रहेको खोला घारी चोकमा २२ घरका ९० जना विस्थापित भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिनुभयो । पहिरोका कारण विस्थापित भएका नागरिक स्थानीय लेखनाथ राई र मोहन राईको आँगनमा त्रिपाल टाँगेर बसेका छन् ।विस्थापित नागरिकले खाद्यान्न सकिएको भन्दै फोन गरेपछि उपाय झिकेर सामग्री पठाइएको प्रजिअ मग्रातीको भनाई छ ।तुइन बनाउन १२० मिटर लट्ठा र त्यसको दोब्बर डोरी प्रयोग गरिएको छ । एक पटकमा ९० किलो सामग्री तार्न सकिन्छ । तुइन बनाउन उद्योग वाणिज्य सङ्घ,प्रहरी र प्रशासनले सहकार्य गरेका हुन । गाेरखापत्र दैनिकबाट









