११ घण्टापछि ‘हाइटेन्सन लाइनको पोल’ बाट ओर्लिए दिनेश
मोरङ । मोरङको बुढीगंगामा आफ्नो माग पूरा गराउन ११ घण्टादेखि बिजुलीको हाइटेन्सन प्रशारण लाइनको पोलमा चढेर बसेका दिनेश माझी बल्ल ओर्लिएका छन् । सडकमा निर्माणाधीन पर्खाल बनाउने काम रोक्ने प्रतिवद्धतापछि बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय माझी ओर्लिएका हुन् ।सडक किनारमा टेवा पर्खाल निर्माणमा रोक लगाउन माग राख्दै उनी आज शनिबार बिहान साढे ६ बजे १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको खम्बामा चढेका थ...












