इटहरीको राधा कृष्ण पेट्रोल पम्पमा आगलागी : एक मोटरसाइकल जलेर नष्ट
इटहरी । सुनसरीको इटहरी पश्चिम रोडस्थित श्री राधा कृष्ण पेट्रोल पम्पमा आइतबार बिहान आगलागी भएको छ ।आगलागीबाट एक मोटरसाइकल जलेर पुर्णरूपमा क्षती भएको छ ।
झापाबाट इनरूवा तर्फ सवार मे ६ प ७७३३ नंको मोटरसाइकल आगलागीबाट पुर्णरूपमा क्षती भएको हो ।इटहरीस्थित उक्त पम्पमा तेल हालिसकेपछि गन्तब्य तर्फ मोडिन मोटरसाइकल स्र्टाट गर्दा गर्दै आगलागी भएको र सो मोटरसाइकल पुर्णरूपमा क्षती भएको प्रत्यक्षदर्शीले बताए...












