झापा । झापाको दमक नगरपालिकाले नक्कली किसान बनेर अनुदान लिने र अनुदान लिएपछि बेखबर बन्ने कार्यलाई निरुत्साहित गर्ने जनाएको छ । दमक नगरपालिकाले सुरु गरेको किसान परिचयपत्र वितरण कार्यक्रममा नगर प्रमुख रामकुमार थापाले किसानको नाममा भइरहेको दुरुपयोग घटाउन यस्तो अभ्यास सुरु गरेको बताएका हुन ।किसान परिचयपत्रको वितरण सुरुवात गर्दै नगर प्रमुख थापाले नगरपालिकाले वास्तविक किसानको पहिचान गर्ने बताउँदै नक्कली किसानलाई कुनै सुविधा नदिने बताए ।नगरपालिकाको कृषि शाखामार्फत बिहीबारदेखि किसान परिचयपत्र वितरण सुरु गरेको हो ।
मैले कृषिका विभिन्न अनुदान लिन आफ्नै जग्गा वा जग्गा भाडामा लिएर काम गरेजस्तो गर्ने र अनुदान पाएपछि केही पनि नहुने गरेको समेत देखेको र सुनेको छु, थापाले भने । यस्तो कार्यलाई रोक्न नगरपालिका लाग्छ र यसमा सबैको साथ अवश्यका पर्छ, उनको भनाइ छ ।दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले किसान परिचयपत्रको आधारमा किसानलाई आवश्यक सहुलियत तथा कृषि शाखामार्फत उपलब्ध गराउने सेवाहरू प्रदान गरिने बताइन् । वास्तविक किसानसम्म पालिकाको काम सहज रूपमा पुग्ने विश्वास लिएका छौँ, उनले भनिन् ।कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईका अनुसार दमकका १० वटै वार्डका ८ सयभन्दा बढी किसानहरूको किसान परिचयपत्र तयार भइसकेको छ । प्रारम्भिक चरणमा बिहीबार ८० जना किसानहरूको परिचयपत्र वितरण गरिएको छ । यो नियमित प्रक्रिया भएकाले हामी जारी राख्छौँ, उनले भनिन् ।कृषि शाखामार्फत पाइने सुविधा तथा विभिन्न सेवा समेत दिइने अनुदानको आवेदन दिँदा अब अनिवार्य किसान परिचयपत्र आवश्यक हुने उनको भनाइ छ । किसान परिचयपत्र पाएपछि किसानहरू खुसी भएको जनाउँदै यसको औचित्य पुष्टि हुनेगरी काम गर्ने उनले बताइन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia