इटहरी । मोरङ प्रहरीले विराटनगरबाट ५४ तोला सुन, आठ किलो चाँदी र साढे सात लाख रूपैयाँ भारतीय रूपैयाँसहित दुईठ जनालाई पक्राउ गरेको छ । को २ च १४९५ नम्बरको इको भ्याउनमा आउँदै गरेको समूहको साथबाट सुन र नगद बरामद भएको हो । पक्राउ पर्नेमा भारतीय नागरिक बिनोद मुरारका, उनकी श्रीमती पुष्पा मुरारको कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कडेलले बताए । प्रहरीले सुनको  बिस्कुट, सिक्का, कनौती बरामद गरेको थियो । चाँदीको ढक्का, सिक्का,दाना, कचौरा थाल,  चम्चा, गिलासलगायत कच्चा पदार्थ  बरामद गरेको थियो ।शुक्रबार दिउँसो साढे ३ बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट परिचालन भएको प्रहरी वरिष्ठ नायव निरीक्षक फिरोज चौधरीसहितको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले विभिन्न दरका ७ लाख ९५ हजार २ सय ८९ रुपैयाँ बराबरको भारतीय रुपैयाँ समेत बरामद गरेको छ । बिनोद बिराटनगरस्थित केएल दुगढ कम्पनीका लेखापाल भएको बुझिएको छ । बरामद भएको सामानको मूल्य अञ्दाजी ९० लाख रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia