लागू औषध ओसारपसारको प्रयासमा भारतिय स्कार्पियो
सुनसरी। दुहबी नगरपालिका वडा नं.-११ तनमुना स्थित नहरचौंक-शुक्रबारे भित्री सडक खण्डमा आज बिहान लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले ठूलो सफलता हासिल गरेको छ। इलाका प्रहरी कार्यालय दुहबीको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा एक स्कार्पियोमा लागू औषधको ठूलो मात्रामा गाँजा फेला पारेको हो।
प्रहरी निरीक्षकको कमाण्डमा गठित संयुक्त टोलीले WB 06 H 2858 नम्बरको भारतिय नम्बर प...












