पर्यटकीय गन्तव्य बन्दै भोजपुरको सुन्तले र बाघखोर
भोजपुर । भोजपुर सदरमुकामबाट छोटो दूरीमा पर्ने पर्यटकीयस्थल सुन्तले, बाघखोर पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको छ । सदरमुकामबाट करिब दश किलोमिटर दूरीमा सुन्तले र बाह्र किलोमिटरको दूरीमा पर्ने बाघघोर मुख्य पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएका हुुन् ।
स्थानीय परिकारको स्वाद लिँदै सगरमाथा, मकालु कञ्चनगङ्घा, गौरीशङ्खरलगायत हिम शृङ्खला, अरुण उपत्यका, अरुण नदी, साल्पासिलिछो चुचुरो, मैयुङ डाँडा, भोज...












