इटहरी । मानव सेवामा समर्पित माया घर नेपालको सुविधा सम्पन्न भवन निर्माण हुने भएको छ । इटहरी २ मा सञ्चालनमा रहेको माया घर नेपालको सुविधा सम्पन्न भवनको पहिलो चरणको कार्य शुभारम्भ भएको छ ।

असोज ४ गते एक कार्यक्रमबीच भवनको शुभारम्भ गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालय कोशी प्रदेश मार्फत शहरी विकास तथा भवन कार्यालयले सुविधा सम्पन्न भवनको लागि एक करोड रुपैयाँको ठेक्का लगाएको छ । जसबाट भवनको जग र एक तला ढलाईको कार्य सम्पन्न हुने सो सो कार्यालयका इन्जिनियर विनेश माझीले बताए । सो भवनमा ६ वटा कोठा, सभा हल, कार्यालय लगायत तयार हुने छ ।

त्यस बाहेक एक तला भवन निर्माण सम्पन्न हुन थप एक करोड रुपैयाँ लाग्ने माया घर नेपालले जनाएको छ । झण्डै पाँच हजार स्वाइर फूटको पहिलो तला सम्पन्न गर्न माया घर नेपालले एक व्यक्ती एक इटा अभियान शूरु गरेको छ । सो अभियान अन्तरगत २०८० साल भित्रमा एक करोड रुपैयाँ संकलन गरी भवन निर्माणको एक तला सम्पन्न गर्ने लक्ष्य रहेको माया घर नेपालका अध्यक्ष शुभद्रा प्याकुरेलले बताइन् । २०७४ सालमा स्थापना भएको माया घर नेपालको लागि स्थानीय स्वर्गीय टिकाप्रसाद सुवेदीको परिवारबाट एक कठ्ठा, इटहरी २ कै बद्रीप्रसाद सुवेदीबाट एक कठ्ठा एक धुर जग्गा प्राप्त भएको संस्थाले जनाएको छ ।

यस्तै इटहरी २ कै बाबुराम सुवेदीको परिवारबाट १० धुर, संस्थाकी अध्यक्ष शुभद्रा प्याकुरेलले (क्लिन नेपालको नाममा रहेको) दश धुर, पशुपति सुवेदीबाट ५ धुर, शिव खतिवडाबाट २ धुर, संस्थापक उपाध्यक्ष अञ्जु आचार्य, केदारप्रसाद सुवेदी, जगन सुवेदी, रमेश दाहाल, बाबुराम दाहाल, रमेश कोइराला, धरानका ज्योति मिश्र, शिवकुमारी खनाल र इटहरीका टिकाराम घिमिरेले एक÷एक धुर जग्गा प्रदान गरेका थिए । बाँकी जग्गा संस्थाले अन्य श्रोतबाट खरिद गरेको थियो । संस्थासँग झण्डै साडे सात कठ्ठा जमिन रहेको छ त्यस मध्ये ५ कठ्ठा ५ धुर को कित्तामा सुविधा समम्पन्न भवन बन्न लागेको हो । सो भवनको तत्कालिन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले गत माघ महिलनामा शिलान्यास गरेकी थिइन् ।

सो भवन निर्माणको लागि माटो परिक्षण सहित चार तलाको डिपिआर तयार भएको छ । भवनको सम्पूर्ण कार्य सम्पन्न गर्न ६ करोड रुपैयाँ लाग्ने प्राविधिक स्टमेमेट आएको माया घर नेपाल स्थापनादेखिनै पूर्वाधार तथा प्रशासन सम्वन्धी सहजिकरण गर्दै आएका बाबुराम सुवेदीले बताए । उनका अनुसार थप एक करोड रुपैयाँ संकलन गरेर २०८० साल भित्रमा एक तला भवन निर्माण गर्ने संस्थाको लक्ष्य रहेको छ । भवन सँगै अष्टचिरिञ्जीवीको मन्दिर गरिने सुवेदीले बताए । माया घर नेपालमा जन्मदिन मनाउनेको संख्या बाक्लिन थालेको छ । साथै आफन्तको स्मृतिमा खाना खुवाउने र विभिन्न सामाग्री उपलब्ध हुनुनै यहाँको मुख्य श्रोत हो ।

इटहरीका सक्रिय महिलाको प्रयासमा स्थापना भएको माया घर नेपालको भवन शुभारम्भ कार्यक्रममा शहरी विकास तथा भवन विभागका इन्जीनियर विनेश माझी, प्रमोद मण्डल, निर्माणको जिम्मा पाएको पाथिभरा कन्ट्रक्सन प्रा.लिका जिवनकुमार न्यौपानेसहित संस्थाका संस्थापक एवम् कार्य समितिका पदाधिकारी, जग्गादाताहरुको उपस्थिती रहेको थियो । सो अवसरमा ठेकेदार कम्पनीका न्यौपानेले मापदण्ड अनुसार समयमै लिएको जिम्मेवारी पुरा गर्ने बताए ।

मानसिक स्वास्थ्यमा समस्या भएका तथा पारिवारिक समस्याका कारण घर परिवार छाडी, सडक मा पुगेका र समाजबाटै अपहेलित भएका एवम् हिंसा पिडितहरुको उद्धार तथा पुनस्थापनाको लागि माया घर नेपाल स्थापना गरिएको हो । भागवत मञ्जरी राधिका दासी, सहित इटहरीका विभिन्न क्षेत्रका महिलाहरुको अगुवाईमा २०७४ मा माया घर नेपाल स्थापना भएको हो । २०७४मा श्रीमद् भागवत् ज्ञान महायज्ञ आयोजना गरी संस्थाको आर्थिक व्यवस्थापन गरिएको थियो भने दोस्रो पटक आयोजना गरिएको सप्ताहबाट आक्षयकोषको स्थापना गरिएको थियो । दुवै पुराण संस्थापक अध्यक्ष एवम् संरक्षक राधिका दासीले वाचन गर्नु भएको थियो ।

भवन शुभारम्भका अवसरमा ठेकेदार न्यौपानले ५१ हजार रुपैयाँ बराबरको जिन्सी सहयोग गर्ने प्रतिवद्धता जनाए । यस्तै बाबुराम सुवेदी तथा संस्थाका अध्यक्ष शुभद्रा प्याकुरेल सवेदीले स्वर्गीैय छोरा रेवन्त सुवेदीको स्मृतिमा ५१ हजार र कोषाध्यक्ष लक्ष्मी गौतमले एक ट्याक्टर इटा प्रदान गर्ने घोषणा गरे । अन्य सहभागीहरुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

संस्थामा हाल १ सय ३० जनाले आश्रय दिइरहनु भएको छ । संस्था स्थापना भएदेखि ४ हजार भन्दा बढीले पुनस्थापना गरिएको संस्थाकी अध्यक्ष शुभद्रा प्याकुरेलले बताइन् । दैनिक रुपमा मानसिक रोगको औषधी खुवाउनु पर्ने आश्रितको संख्या ८० प्रतिशत रहेको संस्थाले जनाएको छ । संस्थाको दिगो व्यवस्थानको लागि २२ लाख रुपैयाँ अक्षयकोष समेत खडा गरेको छ । साथै एक टा अभियान अन्तरगत भवन निर्माणमा समेत सहयोग जुटीरहेको जनाइएको छ । पछिल्लो समय सडक मानव व्यवस्थापका लागि कोशी प्रदेशका केही स्थानीय तहले समेत मायाघरसँग सहकार्य गर्न थालेका छन् । हाल लाइन्स क्लबले निर्माण गरेका दुई वटा टिनको छाना भएका भवन र संस्थालेनै निर्माण गरेको एक गरी तीनवटा भवनबाट आश्रितलाई सेवा दिदै आएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia