भारतकाे वाराणसीमा झडपले लियो हिंस्रक रूप
साधु सन्तको प्रतिकार यात्राका भएको हिंसक झडपले भारतीय प्रधामनमन्त्री नरेन्द्र मोदीको चुनाव क्षेत्र बाराणसीमा बबाल मच्चिएको छ ।सोमबार भएको झडपले हिंस्रक रूप लिएपछि पुलिसले वाराणसी शहरका चारवटा पुलिस स्टेशन अन्तर्गतका पूरै इलाकामा कर्फ्यू लगाइदिएको छ ।कर्फ्यू लगाइएका पुलिस स्टेशनमा कोतवाली, दशाश्वमेध, लक्सा र चौक रहेका छन् । गोदौलिया, गिर्जाघर, चौक, दशाश्वमेधघाट मार्ग, मदनपुर र बाँस फाटक जस्ता इल...






