nobel-medicine-2015-composite

स्टकहोम (स्वीडेन), १८ असोज । यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार चीन, जापान तथा आएरल्यान्डका तीन वैज्ञानिकले पाउने भएका छन् । सोमबार घोषणा गरिएको पुरस्कार जापानी प्राध्यापक इमेरिटस साटोसी ओमुरा, आएरल्यान्डका विलियम क्याम्पबेल तथा चीनका वैज्ञानिक टु युयुुलाई मलेरिया तथा जुकाजन्य परजीविका कारण कारण लाग्ने रोगकोे औषधि आविष्कार गरेकोमा दिइने भएको हो ।

चिनियाँ पुरस्कृत व्यक्तित्व टुले मलेरिया रोगविरुद्धको नयाँ औषधि तथा उपचार पद्धति पत्ता लगाउनुभएको थियो । जसका कारण सन् २०३५ भित्र मलेरिया विश्वका ३५ राष्ट्रमा उन्मूलन गर्न सकिने आसा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ ।

नोबेल पुरस्कार छनोट समितिका एक सदस्य जान एन्डरसनले भन्नुभयो, “ओमुरा र क्याम्पबेलको औषधि आविष्कारपछि डब्लूएचओले जुकाजन्य परजीवि तथा काला झिङ्गाको आक्रमणबाट शरीरको खासगरी छाला तथा मांसपेशीको बाहिरी भागलाई सङ्क्रमण गरी मानिसलाई अन्धो नै पारिदिन समेत सक्ने रोगको उपचार सम्भव हुनेछ ।”

यी आविष्कारपछि हात्तीपाइले रोगद्वारा प्रभावित ८१ देशलाई सन् २०२० सम्म २० मा झार्ने लक्ष्य डब्लूएचओले विश्वास लिएको छ ।

पुरस्कार छनोट समितिका अर्का एक सदस्य जुलिन जियराथले भन्नुभयो, “परम्परागत औषधिले वैज्ञानिकलाई नयाँ औषधिको आविष्कार गर्न प्रेरणा दिन सक्छ भन्ने कुरा पुरस्कृत वैज्ञानिकका अन्वेषण तथा आविष्कारबाट सिक्न सकिन्छ ।”

त्यसैले परम्परागत औषधिको आडमा गरिने अन्वेषण नयाँ देखिने रोगको औषधि पत्ता लगाउन सहयोगी हुने पुरस्कृत चिकित्सा वैज्ञानिकबाट सिक्नुपर्छ, उहाँले थप्नुभयो ।

साभार : पुर्वेली न्युज

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia