नेपालीसंग माफी माग्दै फ्लिपकार्डले परिवर्तन गर्ने भो विज्ञापन
भारतको एक अनलाइन सपिङ कम्पनी फ्लिपकार्ड विरुद्ध गोरखा समाजले दर्ता गरेको मुद्दा फिर्ता लिने भएको छ ।फ्लिप कार्डले नेपाली तथा कुनै जाति विशेषको अपमान गर्ने कुनै सोच नरहेको भन्दै उक्त विज्ञापन सच्याउने बताएपछि गोरखा समाजले मुद्दा फिर्ता लिने भएको हो।
फ्लिप कार्डले एक विज्ञप्त्ति निकाल्दै भनेको छ, ‘हाम्रो नेपालीको अपमान गर्ने कुनै सोच थिएन ,यस विज्ञापनबाट विश्वभर रहेका नेपाली नागरिकमा पुग्न गएक...










