भारतको एक अनलाइन सपिङ कम्पनी फ्लिपकार्ड विरुद्ध गोरखा समाजले दर्ता गरेको मुद्दा फिर्ता लिने भएको छ ।फ्लिप कार्डले नेपाली तथा कुनै जाति विशेषको अपमान गर्ने कुनै सोच नरहेको भन्दै उक्त विज्ञापन सच्याउने बताएपछि गोरखा समाजले मुद्दा फिर्ता लिने भएको हो।

उक्त अभियानका एक सदस्य दिनेश शर्माले भने, ‘फ्लिपकार्डलले गल्ती स्विकार गर्दै उक्त विज्ञापन सच्चाउने बताएपछि हामीले मुद्दा फिर्ता लिएका छौं।’ गोरखा युवा तथा विद्यार्थी संगठन र हाम्रो स्वाभिमानले उक्त कम्पनीको नयाँ विज्ञापनले सारा नेपालीको अपमान गरेको भन्दै गत शनिबार दिल्ली प्रहरीमा मुद्दा दर्ता गराएको थियो।
साथै उसले उक्त विज्ञापन विरुद्ध एक अभियान समेत चलाएको थियो। उक्त विज्ञापनमा एक नेपाली बालकलाई चौकीदारको रुपमा प्रस्तुत गरेको र उसलाई चौकीदारको पोसाकसँगै नेपाली र गोर्खालीको शानको रुपमा रहेको भादगाउँ टोपीमा प्रस्तुत गरेको भन्दै गोरखा समाजले यसको विरोध गर्दै आएको थियो ।









