२७ चैत्र, रविन्द्र कुमार साह ।(फाइल फोटो) सिरहा पूर्वी र मध्य तराईका सिरहा, सप्तरी र धनुषामा हरुवा चरुवा अधिकारका लागि कार्यरत एक्टिभिष्टहरुको सुदूर पश्चिम नेपालको कञ्चनपुर पुगेको छ । सुदूरपश्चिम नेपालका जिल्लामा चलेको हलिया कमैया मुक्ति आन्दोलन र नेपाल सरकारले गरेको भनिएको पुनःस्थापनाको स्थलगत अवलोकन गर्न शनिबार कञ्चनपुरको महेन्द्रनगरमा पुगेको हो । नेपाल सरकारले २०५७ साल साउन २ गते कमैया मुक्ति तथा २०६५ भदौ २० गते हलिया मुक्तिको घोषणा गरेको भएपनि पूर्वी र मध्य तराईका ८ जिल्लामा हरुवा चरुवाहरु बँधुवा मजदूरकै रुपमा काम गर्न बाध्य छन् । तराईका ८ जिल्लामा करिब एक लाख घर परिवारहरु अहिले पनि बाँधा मजदूरका रुपमा काम गर्न बाध्य छन् । जसमध्ये करिब ९० प्रतिशतभन्दा बढी दलित समुदायका रहेका छन् । राष्ट्रिय मुक्त हलिया समाज महासंघले कंचनपुरमा सञ्चालन गरेको सहकारी, नेपाल सरकारको मुक्त हलिया पुनःस्थापना लगायतका क्षेत्रको स्थलगत अवलोकन गर्ने योजना रहको भ्रमण टोलीका सदस्य तथा सि.आर.डि.एस.नेपालका कार्यक्रम संयोजक मणिलाल विकले बताउनुभयो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल दशनामी समाज सुनसरीको सातौं अधिवेशन सम्पन्न
इनरुवा। नेपाल दशनामी समाज, सुनसरी जिल्ला कार्यसमितिको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय कार्यवाहक महासचिव अ...
आर्थिक गणना २०८२ : अर्थतन्त्रको वास्तविक तस्बिर खिच्ने अभियान सुरु
नेपाल सरकार राष्ट्र तथ्याङ्क कार्यलयद्वारा आर्थिक गणना २०८२ को सञ्चालन हुन गइरहेको छ। नेपालमा पहिलो पटक आर्थिक गणना २०७८...
हुण्डी कारोबारको शंकामा दुई जना नियन्त्रणमा, लाखौं नगद बरामद
इनरुवा। सुनसरीको कोशी गाउँपालिका वडा नं. ०८ भण्टावारी क्षेत्रमा चैत्र २७ गते बिहान ०८:३० बजे इलाका प्रहरी कार्यालय भण्टा...
रामधुनी नगरपालिकामा पुनः एकीकरण कार्यक्रम
रामधुनी नगरपालिका, सुनसरीमा पुनः एकीकरण योजना (ReMi) अन्तर्गत GALS अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चैत्...
जनता क्याम्पसमा झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण
इटहरी। इटहरीमा समुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र तथा छात्राका ल...
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
इनरुवा । नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको कोशी टप्...









