२८ चैत्र, सप्तरी। सप्तरीको बरही बिरपुर गाविसको गाउँ परिषद तथा बजेट सार्वजनिकीरकण कार्यक्रम शनिबार सम्पन्न भएको छ । गाविस सचिव तथा अध्यक्ष ओम प्रकाश ठाकुरको अध्यक्षता तथा ईलाका प्रहरी कार्यालय सखडाका इन्चार्ज राम नारायण यादवको प्रमुख आतिथ्यमा आयोजित सो गाउँ परिषदमा भुपु गाविस सचिव नन्दकिशोर यादव, संघिय विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष तारकेश्वर यादव, एमाओवादीका तेज नारायण यादव, सत्रुधन यादव, गाविसका सहायक प्राविधिक सिताराम राय सहितकाहरुले बरही बिरपुर गाविसलाई बिकास निर्माण कार्यलाई सबै जना मिलेर अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । यसैबिच सो गाउँ परिषदमा गाविस सचिव ठाकुरले आर्थिक वर्ष २०७०÷०७१ को ५२ लाख १२ हजार ३ सय ६३ रुपैयाँ ५९ पैसा, आव २०७२÷०७३ को ६४ लाख ३६ हजार ८ सय ४ रुपैयाँ ५९ पैसा र आव ०७३÷०७४ को ६५ लाख ४० हजार ७ सयको आय व्यय प्रस्तुत गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल दशनामी समाज सुनसरीको सातौं अधिवेशन सम्पन्न
इनरुवा। नेपाल दशनामी समाज, सुनसरी जिल्ला कार्यसमितिको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय कार्यवाहक महासचिव अ...
आर्थिक गणना २०८२ : अर्थतन्त्रको वास्तविक तस्बिर खिच्ने अभियान सुरु
नेपाल सरकार राष्ट्र तथ्याङ्क कार्यलयद्वारा आर्थिक गणना २०८२ को सञ्चालन हुन गइरहेको छ। नेपालमा पहिलो पटक आर्थिक गणना २०७८...
हुण्डी कारोबारको शंकामा दुई जना नियन्त्रणमा, लाखौं नगद बरामद
इनरुवा। सुनसरीको कोशी गाउँपालिका वडा नं. ०८ भण्टावारी क्षेत्रमा चैत्र २७ गते बिहान ०८:३० बजे इलाका प्रहरी कार्यालय भण्टा...
रामधुनी नगरपालिकामा पुनः एकीकरण कार्यक्रम
रामधुनी नगरपालिका, सुनसरीमा पुनः एकीकरण योजना (ReMi) अन्तर्गत GALS अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चैत्...
जनता क्याम्पसमा झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण
इटहरी। इटहरीमा समुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र तथा छात्राका ल...
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
इनरुवा । नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको कोशी टप्...








