messi_maradona

१७ असार । अर्जेन्टिनी महान फुटबलर डिएगो म्याराडोनाले राष्ट्रिय टोलीबाट भर्खरै सन्न्यास लिएका कप्तान लियोनल मेसीलाई निणर्य फिर्ता लिन दबाब नदिन सबैलाई आग्रह गरेका छन् ।

 उनले सन्न्यासको निर्णय जारी राख्ने वा त्यसमा पुनर्विचार गर्नेबारे सोच्न मेसीलाई केही समय स्वतन्त्र छाडिदिन पनि आग्रह गरेका छन् । यसअघि राष्ट्रिय टोलीबाट नखेल्ने निर्णय लिएका मेसीलाई निर्णयमाथि पुर्नविचार गर्न आग्रह गरेका म्याराडोनाले आफ्नो भनाई परिवर्तन गरेका हुन् ।

‘हामीले अहिले मेसीलाई बिदा मनाउन दिनुपर्छ,’ म्याराडोनाले भनेका छन् ,‘यतिबेला हामीले एउटै धारणा तय गर्नुपर्छ यदि मेसी राष्ट्रिय टोलीमा खेल्न चाहँदैनन् भने उनको विकल्प खोज्नसक्नुपर्छ ।’ अाजकाे  अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia